गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाईयाे ।
वीरगज १५ जेठ । गणतन्त्र दिवसको उपलक्ष्यमा वीरगजमा बृक्षारोपण र सरसफाई लगायतका कार्यक्रम गरिएकाे छ । वीरगन्जको चिनीमिल परिसमा रहेको प्रसीद्ध पशुपतिनाथ मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो भने बहुवरीकाे ईदगाह र उम्मे कुलसुम बनात विधालयमा सरसफाई गरिएकाे छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वार्टर पर्साको आयोजनामा उक्त क्षेत्रहरुमा सरसफाई गरिएको थियो ।