इरफान अली
बिरगंज ०६ भदौ ।
बिरगंजमा बलात्कारको प्रयास गर्ने आरोपीलाइ छपकैया सामुदायिक प्रहरी सेवाका अध्यक्ष ग्यासुदिन मिया ठकुराइले आफ्नो पद पहुचको दुरुपयोग गर्दै बचाउने प्रयास गरेको पीडित पक्षले आरोप लगाएका छन ।
सामुदायिक सेवाकेन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया ०२ बिरगंजका अध्यक्ष ग्यासुदिन मिया ठकुराइले महिला माथी सामुहिक बलात्कारको प्रयास गर्नेलाइ जोगाउन पदको दुरुपयोग गरि प्रहरी हिरासतमा रहेको आरोपिलाई छुटाएकोमा पीडित पक्षले प्रदेश मन्त्री रहबर अन्सारीलाई गुहारे पछि मन्त्री अन्सारीको निर्देशनमा आरोपितहरुलाई प्रहरीले पुण्ह पक्राउ गरि मुद्दा दर्ता गरेको पीडित पक्षले बताएका छन ।
घाटना बीरगंज महानगरपालिका वडा नम्बर ०२ छपकैया निवासी अलिअकबर अन्सारीको श्रीमति ३२ वार्षिया बच्चि खातुन गत भदौ ०३ गते साझ ७ बजेको समयमा एक्लै कोठामा बसेको अबस्थामा छिमेकी मैनुदिन मिया ठकुराइको छोरा ३२ वार्षिय सिकन्दर मिया ठकुराइ र भोला मिया ठकुराइको छोरा ४२ वार्षिय मुस्तजाफ आलम ठकुराइ कोठामा पसि गालिबेइजति गर्दै कुटपिट गरि घाइते बनाइ बलात्कार गर्ने प्रयास गरेपछि महिलाले होहल्ला गरेपछि छिमेकिहरु आएर निज दुबैजनालाइ नियन्त्रणमा लिएर प्रहरीलाइ खबर गरेपछि प्रहरी आएर दुबै जनालाई पक्राउ गरेको थियो ।
आरोपित दिबै जनाला प्रहरीले हिरासतमा राखी पीडित महिला बच्चि खातुनलाइ उपचारको लागी नारायणी अस्पतालमा पठाइएको थियो । घटनालगतै सामुदायिक सेवाकेन्द्र तथा सामुदायिक प्रहरी सेवा छप्कैयाका अध्यक्ष ग्यासुदिन ठकुराइले जिल्ला प्रहरीलाइ गुमराहमा पारी बलात्कारको प्रयास जस्तो जघनन्य अपराधको आरोपितलाइ समान्य झैझगडा भएको भनी आरोपितहरु पक्राउ परेको केहि घन्टा पछि हिरासत मुक्त गराएको पीडित महिलाको श्रीमान अलि अक्बर अन्सारीले आरोप लगाएका छन । जघन्य अपराधको आरोपित छुटे पछि पीडित पक्षले मधेस प्रदेशका मन्त्री रहबर अन्सारीलाई सूचना दिए पछि मन्त्री अन्सारीको निर्देशनमा जिल्ला प्रहरी कार्यालय पर्साले आरोपित सिकन्दर मिया ठकुराइ र मुस्तजाव आलम ठकुराइलाइ पक्राउ गरि जबर्जस्ति करणी सम्बन्धी मुद्दा दर्ता नगरी कुटपिट मुद्दा दर्ता गरेको थियो । सामुदायिक सेवा केन्द्रका अध्यक्ष ठकुराइले आफुमाथि लगाइएको आरोप निराधार भएको बताउदै घटनाको समयमा आफु उपचारलागि रक्साेल गएको आफु घर फर्किय पछिमात्र घटनाको जानकारी पाएको सो घटना सङग आफ्नो कुनैपनि किसिमको सरोकार नरहेको बताएका छन ।
देश
समाज
हेडलाइन
बलात्कारको आरोपीलाई सामुदायिकका अध्यक्ष ठकुराईले जोगाउने प्रयास गरेको पीडित पक्षको आरोप
- ६ भाद्र २०८०, बुधबार
- 3291 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगंज महानगरपालिकाद्वारा नवजात शिशुको अभिभावक खोजी
१७ बैशाख २०८३, बिहीबार
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार