बिरगंज २० पुस ।
बीरगंज महानगरका प्रमुख राजेशमान सिहले पुण्ह वडा नम्बर एकका अध्यक्ष मनाेज राउत कुर्मीमाथि आफ्नाे दादागिरि लाद्न खाेज्दा असफल भएका छन । मेयर सिहले दादागिरि गर्दै आफ्नाे ठाडाे आदेशमा वडा नं १ समितिमा नगर प्रहरी लगाएर ताला बन्दी गराए भने वडा अध्यक्ष मनाेज राउतले ताला ताेडि कार्यालय सारेका छन् ।
महानगर पालिका वडा नम्बर १ को कार्यालय नेपाल रेडक्रस सोसाइटी छपकैया उप शाखको भवनमा भाडामा लिएर सन्चालन हुदै आएको थियो ।
महानगरले समितिकाे रकम नतिर्दा रेडक्रस उप शाखा छपकैयाले ताकेता गरेपछि अध्यक्ष राउतले महानगर कै धर्मशालामा कार्यलय सार्न खाेज्दा मेयर सिहले दादागिरि गर्दै नगर प्रहरी लगाएर तालाबन्दी गराई दिएपछि वडा समिति कार्यलयमा विवाद उत्पन्न भएका हाे । वडा समितिको कार्यालय यथास्थानमा राख्नु पर्ने अनेत्र सार्न नपाइने भन्दै मेयर राजेशमान सिहले नगर प्रहरीलाई कार्यालयमा तालाबन्दी गरिदिन निर्देशन दिएपछि नगर प्रहरीका प्रमुख भुषालले रेडक्रस भवनमा तालाबन्दी गरिदिएका थिए ।
अध्यक्ष राउतले महानगरलाई रेडक्रसकाे ताकेता विषयमा पत्रचार गरेपछि वीरगंज महानगरकाे प्रमुख मातृका भट्टराई , अधिकृत राज ताम्राकार सहितकाे जम्बाे टाेलिले निरिक्षण गरेर कार्यालय समितिकाे नाममा रहेकाे धर्मशालामा सार्न निर्देशन दिएका थिए ।
वडा अध्यक्ष मनाेज राउत कर्मिले प्रमुख प्रसासकिय अधिकृत मातृका भट्टराईसङ्ग आफुले भाडाकाे घर भन्दा भाडा तिर्नु नपर्ने धर्मशालामा सार्न भन्दा प्रमुख प्रसादकिय अधिकृतले अनुमति दिदै वडा समितिकाे कार्यालय सार्ने ब्यहोराको पत्रको जानकारी जिल्ला प्रशासन,जिल्ला प्रहरी ,वडा प्रहरी बिर्ता र सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराएको थियो तर मेयर राजेशमान सिहको ठाडाे आदेशमा गैरकानुनी रुपमा तालाबन्दी गरेको बताएका छन ।
मेयर राजेशमान सिह र वडा नम्बर १ का अध्यक्ष मनाेज राउत कुर्मि एउटै पार्टि जनता समाजबादि पार्टि जसपा नेपालबाट निर्वाचित भएका ब्यक्ति हुन तर मेयर सिहले कुर्मिलाई माइनस गर्दै कार्यालय खर्च देखि बिकास बजेट समेत रोकिदिएका थिए अहिले आएर कार्यालय सार्न समेत नदिएर हैकमबादी चरित्र प्रदर्सन गरेको कुर्मिको भनाइ छ ।
देश
प्रदेश २
राजनिती
हेडलाइन
वीरगन्ज महानगरका वडा अध्यक्ष र मेयरकाे टसन । मेयर सिहले दादागिरि गर्दा वडा अध्यक्ष राउतद्वारा प्रतिकार
- २० पुष २०८०, शुक्रबार
- 3831 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार