वीरगञ्ज । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत तथा क्षतिपूर्ति सहयोग पुर्याउने उद्देश्यले वीरगञ्जस्थित मदिना मस्जिदले शुक्रबारको सामूहिक नमाज (जुम्मा नमाज) का क्रममा सहयोग रकम संकलन गरेको छ।
देशभर विपद्का कारण जनधनको क्षति भइरहेका बेला पीडित परिवारलाई सहयोग गर्नु प्रत्येक नागरिकको दायित्व भएको भन्दै जुम्मा नमाजमा सहभागी मुस्लिम समुदायका व्यक्तिहरूलाई सहयोग गर्न आह्वान गरिएको थियो।
मस्जिदका मौलाना मजहर कादरीले विपद्को यस विषम परिस्थितिमा धर्म, समुदाय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पीडित नेपाली नागरिकका लागि सहयोग गर्न सबैलाई आग्रह गरेका थिए।
मस्जिद कमिटीका अनुसार जुम्मा नमाजमा सहभागी व्यक्तिहरूबाट १ लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने कमिटीले जनाएको छ।
मौलाना कादरीले विपद्को समयमा नेपालीहरूबीचको एकता, सद्भाव र सहयोग नै राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै देश अप्ठ्यारोमा परेको बेला सबै नागरिक एकजुट भएर पीडितको साथमा उभिनुपर्नेमा जोड दिएका थिए।
जुम्मा नमाजपछि देशमा सुख, शान्ति र समृद्धिको कामना गर्दै विपद्बाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ तथा मृत्यु भएका व्यक्तिका परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान होस् भन्ने प्रार्थना (दुआ) समेत गरिएको थियो।
मस्जिद कमिटीले विपद्का बेला मानवीय सहयोग र सामाजिक सद्भावलाई निरन्तरता दिन सबै नेपालीलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेको छ।
देश
प्रदेश २
समाज
हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन, प्रधानमन्त्री राहत कोषमा १ लाखभन्दा बढी जम्मा हुने
- १२ भाद्र २०८३, शुक्रबार
- 87 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगंज महानगरपालिकाद्वारा नवजात शिशुको अभिभावक खोजी
१७ बैशाख २०८३, बिहीबार