पर्सा, असोज २२ गते । जगरनाथपुर गाउँपालिका–६ सन्ठीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालय सुधार योजना (SIP) को पुनरावलोकन, संशोधन तथा प्रभावकारी कार्यान्वयनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
अकाउन्टेबिलिटी ल्याब नेपालको आर्थिक सहयोग तथा SODCC, पर्साको प्राविधिक सहयोगमा सञ्चालित ACCESS परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा विद्यालयको वर्तमान अवस्था, विद्यार्थीका आवश्यकता र स्थानीय परिवेशअनुसार SIP लाई समयसापेक्ष बनाउने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा शैक्षिक गुणस्तर, समावेशी शिक्षा, बाल संरक्षण, लैङ्गिक समानता, अपाङ्गता भएका बालबालिकाको पहुँच, सुरक्षित विद्यालय तथा विपद् व्यवस्थापनलाई विद्यालय सुधार योजनामा प्राथमिकताका साथ समेट्नुपर्नेमा जोड दिइयो।
विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, बाल क्लब तथा अभिभावक सहभागी कार्यक्रममा विद्यालयका समस्या, विद्यार्थीका आवश्यकता र सुधारका प्राथमिकताबारे अन्तरक्रिया गरिएको थियो।
कार्यक्रमको सहजीकरण SODCC, पर्साका कार्यकारी निर्देशक रुपक पाण्डेले गरेका थिए। उनले SIP कागजी दस्तावेजमा सीमित नभई विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारको आधार बन्नुपर्ने बताए। साथै, विद्यालयको आवश्यकता र परिस्थितिअनुसार SIP को नियमित समीक्षा र परिमार्जन आवश्यक रहेकोमा जोड दिए।
प्रदेश २
विविध
हेडलाइन
SIP कागजमै सीमित नराख्न जोड, विद्यालय सुधारका लागि सरोकारवालाबीच छलफल
- २२ आश्विन २०८३, बिहीबार
- 95 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
हिन्दू–मुस्लिम सद्भावको सन्देश फैलाउँदै कांग्रेस नेता साहबुद्दिन, शक्तिपीठदेखि मन्दिरसम्म
४ कार्तिक २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार