हिन्दू–मुस्लिम सद्भावको सन्देश फैलाउँदै कांग्रेस नेता साहबुद्दिन, शक्तिपीठदेखि मन्दिरसम्म प्रार्थना
असोज ४ पर्सा । हिन्दू–मुस्लिमबीच आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम गर्ने उद्देश्यसहित नेपाली कांग्रेस पर्साका नेता मोहम्मद साहबुद्दिन सक्रिय देखिएका छन्। दुर्गा नवमीको अवसरमा मालपोतस्थित माता निशान भगवती मन्दिरमा आयोजित पूजाआजा तथा बलि कार्यक्रममा साहबुद्दिन सहभागी भएका थिए। सो अवसरमा उनले मन्दिरका हाकिमसाहेब तथा स्थानीयवासीसँग भेटघाट गर्दै धार्मिक आस्था, सामाजिक एकता र