पर्सा २१ जेठ । सुधारकाे नाममा सञ्चालित संस्थाहरूले वास्तवमै सुधारको काम गरिरहेका छन् कि केवल निगरानीको कमजोरीको फाइदा उठाइरहेका छन् ? पर्सामा पछिल्ला घटनाक्रमले यही प्रश्न उठाएको छ।
काठमाडौंमा मुख्य कार्यालय रहेको युथ केयर फाउण्डेशन ले वीरगञ्जको छपकैयास्थित आफ्नो शाखा बन्द गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सालाई बोधार्थसहित पत्र पठाएको देखिएको छ। पत्रमा शाखाले नियमित प्रतिवेदन नबुझाएको, आवश्यक कागजात पेश नगरेको तथा केन्द्रीय कार्यालयसँग समन्वय नगरेको उल्लेख छ।
तर यसले अर्को महत्वपूर्ण प्रश्न जन्माएको छ—यदि शाखाको गतिविधिप्रति स्वयं संस्थाकै केन्द्रीय कार्यालय सन्तुष्ट थिएन भने त्यो शाखा यति लामो समयसम्म सञ्चालनमा कसरी रह्यो ? र प्रशासनको निगरानी कहाँ थियो ?
पर्सामा पछिल्ला वर्षहरूमा विभिन्न नाममा सुधार केन्द्र खुल्ने क्रम बढेको छ। तीमध्ये कतिपय केन्द्रको वैधानिक अवस्था, सञ्चालन अनुमति, सेवा मापदण्ड र अनुगमनबारे सर्वसाधारणलाई समेत स्पष्ट जानकारी छैन। स्थानीय तहदेखि प्रशासनसम्मका निकायले नियमित अनुगमन गरिरहेको दाबी गरे पनि अहिले सार्वजनिक भएको पत्रले अनुगमन प्रणालीको प्रभावकारितामाथि नै प्रश्न खडा गरेको छ।
सुधार केन्द्र भनेको उपचार र पुनर्स्थापनाको आशा लिएर पुगेका मानिसहरूको अन्तिम भरोसा हो। तर त्यही ठाउँहरूको सञ्चालन प्रक्रिया, अनुमति र जवाफदेहितामाथि प्रश्न उठ्न थालेपछि पीडित परिवारहरू झन् चिन्तित बनेका छन्।
युथ केयर फाउण्डेशनको शाखा बन्दसम्बन्धी पत्रले एउटा संस्थाको आन्तरिक विवादभन्दा पनि ठूलो विषय उजागर गरेको छ—पर्सामा सञ्चालनमा रहेका सुधार केन्द्रहरूलाई कसले नियमन गरिरहेको छ र त्यो नियमन कति प्रभावकारी छ ?
अब सरोकारवालाहरूको अपेक्षा स्पष्ट छ। आरोप–प्रत्यारोपभन्दा माथि उठेर जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभर सञ्चालित सबै सुधार केन्द्रहरूको अवस्था सार्वजनिक गरोस्, मापदण्ड पूरा नगर्ने संस्थामाथि कारबाही गरोस् र सुधारको नाममा हुने कुनै पनि सम्भावित विकृति रोक्न ठोस कदम चालोस्।
किनकि सुधार केन्द्रप्रति जनविश्वास जोगिनु केवल संस्थाको मात्र होइन, राज्यको पनि जिम्मेवारी हो।
देश
समाज
हेडलाइन
पर्सामा सुधार केन्द्रको जालो: अनुगमन कागजमा मात्रै । एक पत्रले खोल्यो धेरै प्रश्न: वीरगञ्जमा कसरी चल्दै थियो शाखा ?
- २१ जेष्ठ २०८३, बिहीबार
- 264 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
हिन्दू–मुस्लिम सद्भावको सन्देश फैलाउँदै कांग्रेस नेता साहबुद्दिन, शक्तिपीठदेखि मन्दिरसम्म
४ कार्तिक २०८३, मंगलवार
प्रदेश २, विविध, हेडलाइन
SIP कागजमै सीमित नराख्न जोड, विद्यालय सुधारका लागि सरोकारवालाबीच
२२ आश्विन २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार