पर्सा २१ जेठ । सुधारकाे नाममा सञ्चालित संस्थाहरूले वास्तवमै सुधारको काम गरिरहेका छन् कि केवल निगरानीको कमजोरीको फाइदा उठाइरहेका छन् ? पर्सामा पछिल्ला घटनाक्रमले यही प्रश्न उठाएको छ।
काठमाडौंमा मुख्य कार्यालय रहेको युथ केयर फाउण्डेशन ले वीरगञ्जको छपकैयास्थित आफ्नो शाखा बन्द गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सालाई बोधार्थसहित पत्र पठाएको देखिएको छ। पत्रमा शाखाले नियमित प्रतिवेदन नबुझाएको, आवश्यक कागजात पेश नगरेको तथा केन्द्रीय कार्यालयसँग समन्वय नगरेको उल्लेख छ।
तर यसले अर्को महत्वपूर्ण प्रश्न जन्माएको छ—यदि शाखाको गतिविधिप्रति स्वयं संस्थाकै केन्द्रीय कार्यालय सन्तुष्ट थिएन भने त्यो शाखा यति लामो समयसम्म सञ्चालनमा कसरी रह्यो ? र प्रशासनको निगरानी कहाँ थियो ?
पर्सामा पछिल्ला वर्षहरूमा विभिन्न नाममा सुधार केन्द्र खुल्ने क्रम बढेको छ। तीमध्ये कतिपय केन्द्रको वैधानिक अवस्था, सञ्चालन अनुमति, सेवा मापदण्ड र अनुगमनबारे सर्वसाधारणलाई समेत स्पष्ट जानकारी छैन। स्थानीय तहदेखि प्रशासनसम्मका निकायले नियमित अनुगमन गरिरहेको दाबी गरे पनि अहिले सार्वजनिक भएको पत्रले अनुगमन प्रणालीको प्रभावकारितामाथि नै प्रश्न खडा गरेको छ।
सुधार केन्द्र भनेको उपचार र पुनर्स्थापनाको आशा लिएर पुगेका मानिसहरूको अन्तिम भरोसा हो। तर त्यही ठाउँहरूको सञ्चालन प्रक्रिया, अनुमति र जवाफदेहितामाथि प्रश्न उठ्न थालेपछि पीडित परिवारहरू झन् चिन्तित बनेका छन्।
युथ केयर फाउण्डेशनको शाखा बन्दसम्बन्धी पत्रले एउटा संस्थाको आन्तरिक विवादभन्दा पनि ठूलो विषय उजागर गरेको छ—पर्सामा सञ्चालनमा रहेका सुधार केन्द्रहरूलाई कसले नियमन गरिरहेको छ र त्यो नियमन कति प्रभावकारी छ ?
अब सरोकारवालाहरूको अपेक्षा स्पष्ट छ। आरोप–प्रत्यारोपभन्दा माथि उठेर जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभर सञ्चालित सबै सुधार केन्द्रहरूको अवस्था सार्वजनिक गरोस्, मापदण्ड पूरा नगर्ने संस्थामाथि कारबाही गरोस् र सुधारको नाममा हुने कुनै पनि सम्भावित विकृति रोक्न ठोस कदम चालोस्।
किनकि सुधार केन्द्रप्रति जनविश्वास जोगिनु केवल संस्थाको मात्र होइन, राज्यको पनि जिम्मेवारी हो।
देश
समाज
हेडलाइन
पर्सामा सुधार केन्द्रको जालो: अनुगमन कागजमा मात्रै । एक पत्रले खोल्यो धेरै प्रश्न: वीरगञ्जमा कसरी चल्दै थियो शाखा ?
- २१ जेष्ठ २०८३, बिहीबार
- 51 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगंज महानगरपालिकाद्वारा नवजात शिशुको अभिभावक खोजी
१७ बैशाख २०८३, बिहीबार
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार