April 15, 2026
Parsa, Nepal

हेडलाइन

देश प्रदेश २ राजनिती हेडलाइन

वाचा एकातिर, नियुक्ति र सरुवाको चर्चा अर्कोतिर ? पर्सा–१ मा प्रदीप यादवमाथि बढ्दो असन्तोष।

पर्सा २ फागुन । प्रतिनिधि सभा निर्वाचनको समयमा रोजगारी सिर्जना, युवा विदेश पलायन रोक्ने, स्वास्थ्य सेवा सुधार गर्ने र आधारभूत पूर्वाधार विस्तारलाई मुख्य एजेन्डा बनाएर मतदातासामु पुगेका पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप यादवप्रति पछिल्लो समय जनस्तरमा असन्तोष बढ्दै गएको चर्चा छ। निर्वाचनअघि “युवा घरमै रोजगारी” र “सुलभ स्वास्थ्य सेवा” जस्ता प्रतिबद्धता सार्वजनिक रूपमा

Read More
प्रदेश २ राजनिती हेडलाइन

रास्वपा उम्मेदवार सुशिल साह कानुको नाम जोडिँदै : मदन गुप्ताको भन्सार छल आशंकित सञ्जालमा निकट व्यक्तिहरू पक्राउ, मुख्य आरोपित फरार

वीरगञ्ज ०१ फाल्गुन । वीरगञ्जमा ट्रान्सपोर्टेशन व्यवसायको आवरणमा कपडा भित्र्याई भन्सार प्रक्रिया छलिएको आशंकामा गरिएको छापा कारबाहीपछि राजनीतिक वृत्तसमेत तातेको छ। “रून्चे मदन” उपनामले चिनिने मदन गुप्ता मुख्य आरोपितका रूपमा फरार रहेका छन् भने स्रोतहरूले रास्वपा पर्सा क्षेत्र नं. २ का उम्मेदवार सुषिल साह कानुसँग निकट भनिएका केही व्यक्तिहरू पक्राउ परेको बताएका छन्। सशस्त्र प्रहरी

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

ओली विरोधबाट सीट सुरक्षित गर्दै प्रदीप, ‘Gen Z’ कार्ड खेल्दै रिमा: पर्सामा एमालेको दुईतरफे रणनीति

वीरगंज २८ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मुलुककै चर्चित र ‘स्टार प्रचारक’ नेतामध्ये एक हुन्। तर यही ओलीको तस्वीर पर्सा जिल्लाका एमाले उम्मेदवारहरूको चुनावी पोस्टरमा नदेखिनु अहिले राजनीतिक वृत्तमा चासो र बहसको विषय बनेको छ। सामान्यतया चुनावी माहोलमा पार्टी अध्यक्षको तस्वीर उम्मेदवारको शक्ति र पहिचानको प्रतीक मानिन्छ । तर

Read More
देश प्रदेश २ समाज सम्पादकीय हेडलाइन

दर्जनौँ चेकपोस्ट हुँदाहुँदै अवैध गोदाम शहरमै कसरी चल्यो ?

वीरगंज २७ माघ । पर्सा जिल्लाको १०८ किलोमिटर खुला सीमा र त्यसमा खटिएको सुरक्षा संयन्त्र फेरि एकपटक गम्भीरप्रश्नको घेरामा परेको छ। सीमा सुरक्षाको पहिलो जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल (एपीएफ), त्यसपछि नेपाल प्रहरी र भन्सार कार्यालयको उपस्थितिका बाबजुद वीरगञ्जजस्तो संवेदनशील व्यापारिक केन्द्रमा अवैध रूपमा गोदाम सञ्चालन हुनु र त्यसको छानबिनका क्रममा सुरक्षाकर्मीमाथि नै आक्रमण हुनु

Read More
प्रदेश २ राजनिती हेडलाइन

पर्सा–१ मा अनिल रुङ्टाको घरदैलो अभियान, श्रीपुर मुर्लीमा जनउत्साहको लहर

पर्सा २६ माघ ।पर्सा निर्वाचन क्षेत्र नं. १ मा चुनावी माहोल तातिँदै जाँदा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङ्टाको नेतृत्वमा वीरगंज महानगरपालिका अन्तर्गत श्रीपुर र मुर्ली क्षेत्रमा घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। घरदैलो अभियानका क्रममा रुङ्टाले स्थानीय टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए।उनले आफ्नो राजनीतिक प्रतिबद्धता, क्षेत्र विकासका प्राथमिकता र भावी योजनाबारे खुलेर

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

फागुन २१ को निर्वाचन लक्षित गर्दै कांग्रेस मधेसको मिडिया डेक्समा महम्मद साहबुदिन मनोनित

वीरगञ्ज २६ माघ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले मधेस प्रदेशमा संगठन र प्रचार संयन्त्रलाई थप सशक्त बनाएको छ। सोही क्रममा महम्मद साहबुदिनलाई मधेस प्रदेश स्तरीय मिडिया डेक्स तथा चुनाव प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन गरिएको छ। नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवले साहबुदिनलाई उक्त जिम्मेवारी प्रदान गरेका हुन्।

Read More
देश समाज हेडलाइन

आदर्शनगर छापामारी विवादमा, व्यापारी र सुरक्षाकर्मी आमनेसामने

वीरगंज २६ माघ । वीरगञ्ज महानगरपालिकाको आदर्शनगरस्थित दुर्गा ट्रान्सपोर्टको प्रयोगमा रहेको एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको छ। विशेष सूचनाका आधारमा गरिएको यस कारबाहीले केही समयका लागि क्षेत्रलाई तनावग्रस्त बनाएको थियो। सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल, वीरगञ्ज भन्सारमा कार्यरत नायब उपरीक्षक विकास अधिकारीका अनुसार गोदाममा खानतलासी

Read More
देश राजनिती हेडलाइन

भोटपछि जनतालाई बिर्सिने राजनीति चाहिँदैन । स्थानीयसँग संवादमा पराग

वीरगंज २५ माघ । पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. ३२ को चोरनी गाउँमा आयोजित रात्री भेटघाट कार्यक्रममा उज्यालो नेपालका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार राज किशोर सिंह परागले स्थानीयसँग प्रत्यक्ष संवाद गरेका छन्। रात्री भेटघाटका क्रममा स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूले भोट लिएपछि जनतालाई बिर्सिने पुरानो राजनीतिक प्रवृत्तिप्रति आक्रोश र पीडा व्यक्त गरेका

Read More
देश विविध हेडलाइन

वानखेडेमा सास रोकिने खेल, नेपाल ४ रनले इङ्ल्यान्डसँग पराजित।

पर्सा २५ माघ । टि–२० विश्वकप २०२६ मा नेपालले जित नजिक पुगेर पनि हार व्यहोर्नु परेको छ। आफ्नो पहिलो खेलमै बलियो इङ्ल्यान्डविरुद्ध उत्कृष्ट संघर्ष गरेको नेपाल ४ रनले मात्र पराजित भयो। भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे रंगशालामा भएको यो खेल अन्तिम ओभरसम्म दर्शकलाई कुर्सीबाट उठ्न नदिने खालको रह्यो। टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा

Read More
देश विविध हेडलाइन

६८ वर्षमै अस्ताए सुनिल थापा, विकास बोर्डमा अन्तिम बिदाइ

पर्सा २५ माघ । नेपाली चलचित्र क्षेत्रमा गहिरो छाप छोडेका वरिष्ठ अभिनेता सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ। आइतबार दिउँसो उनको शव श्रद्धाञ्जलीका लागि बोर्डको कार्यालयमा राखिएसँगै नेपाली फिल्म क्षेत्र शोकमा डुबेको छ। चलचित्र विकास बोर्ड परिसरमा थापालाई अन्तिम बिदाइ दिन कलाकार, फिल्मकर्मी र शुभेच्छुकहरूको घुइँचो लागेको छ। अभिनेता

Read More