पर्सा १६फाल्गुन ।
आगामी निर्वाचन नजिकिँदै गर्दा देश गम्भीर मोडमा उभिएको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापाले दुई किसिमका अतिवाद नेपालका लागि सबैभन्दा ठूलो खतरा बनेको बताएका छन्।
पोखरामा आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले २०८४ मा हुनुपर्ने निर्वाचन असामान्य परिस्थितिमा अहिले हुन लागेको उल्लेख गर्दै यसको पृष्ठभूमि अत्यन्त पीडादायी रहेको बताए।
उनले भने,“दर्जनौँ युवाहरूको हत्या, आमाहरूको काख रित्तिनु, सिंहदरबार जल्नु, धनजनको क्षति हुनु यी सबै घटनाहरू बिर्सेर चुनावलाई सामान्य रूपमा लिन सकिँदैन।”
भदौ २३/२४ का घटनालाई लिएर दुई खतरनाक अतिवादी धारबीच पिस्ने गम्भीर खतरा छ।
पहिलो अतिवादले भदौ २३/२४ का घटनाको अवमूल्यन गर्दै त्यसलाई केवल षड्यन्त्र मात्र भएको दाबी गर्छ।
“त्यो धारले युवाहरूको सहभागिता, सडकमा देखिएको असन्तुष्टि र जनआक्रोशलाई स्वीकार गर्न चाहँदैन,” उनले भने।
त्यस्तै, अर्को अतिवाद झन् खतरनाक रहेको उल्लेख गर्दै सभापति थापाले भने,भदौ २३/२४ को अवसरलाई प्रयोग गर्दै जसले सिंहदरबार जलायो, मौका परे जेलबाट भाग्न पनि पछि नपर्ने प्रवृत्ति देखियो।”
थापाले आगामी पाँच वर्ष नेपालले कुनै पनि प्रकारको द्वन्द, अराजकता वा अतिवाद सहन नसक्ने स्पष्ट चेतावनी दिए।
“हिजो देखिएको अतिवाद भोलि पनि देखिन सक्छ। त्यसैले यो चुनाव केवल सत्ता परिवर्तनको होइन, देशको स्थिरता र भविष्यको निर्णय हो,” उनले भने।
उनले जिम्मेवार राजनीति, जनभावनाको सम्मान र लोकतान्त्रिक मूल्यको रक्षा गर्न सबै राजनीतिक शक्तिहरूलाई आग्रह गरे।
देश
राजनिती
हेडलाइन
दुई अतिवादले देशलाई पिस्ने खतरा छ । चुनावको पृष्ठभूमिमा गगन थापाको कडा चेतावनी।
- १६ फाल्गुन २०८२, शनिबार
- 128 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगंज महानगरपालिकाद्वारा नवजात शिशुको अभिभावक खोजी
१७ बैशाख २०८३, बिहीबार
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार