June 6, 2026
Parsa, Nepal
देश समाज हेडलाइन

बीरगंजको छपकैयामा महिला माथी कुटपिट र बलात्कार प्रयासको घटनाको पृष्ठभुमि यस्तो रहेको छ

बिरगंज ०७ भदौ ।
बीरगंजको छपकैया स्थित घुसुकपुरमा एकलि महिला माथी कुटपिट गरि सामुहिक बलात्कारको प्रयास भएको घटनाले यतिखेर सामाजिक सञ्जाल देखी बिभिन्न सन्चार माध्यम तताएको छ ।
बीरगंज महानगरपालिका वडा नम्बर २ छपकैयाको घुसुकपुर टोलमा गत भदौ ०३ गते साझ करिब ०७ बजेको समयमा स्थानिय सिकन्दर मिया ठकुराइ र निजका भाइ मुस्तजाब मिया ठकुराइ सोही ठाउकि बच्चि खातुन घरमा एक्लै भएको मौका पारी कोठामा प्रवेश गरि खातुन माथी मरणासन्न हुने गरि कुटपिट गरि दुबै दाजु भाइले सामुहिक बलात्कार गर्ने प्रयास गर्दा महिलाले होहल्ला गरेपछि स्थानिय जम्मा भै ठकुराइ दाजु भाइलाइ नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

मौका पारी कोठामा प्रवेश गरि खातुन माथी मरणासन्न हुने गरि कुटपिट गरि दुबै दाजु भाइले सामुहिक बलात्कार गर्ने प्रयास गर्दा महिलाले होहल्ला गरेपछि स्थानिय जम्मा भै ठकुराइ दाजु भाइलाइ नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए

सो घटनामा सामुदायिक सेवा केन्द्रका अध्यक्षले दोषीहरुलाइ जोगाउने प्रयास गरेको पनि आरोप छ । अहिले घाइते महिलाको उपचार नारायणी अस्पतालमा हुदैछ भने प्रहरीले प्रदेश मन्त्री रहबर अन्सारीको पहल पछि सामुदायिकका अध्यक्ष ठकुराईले आफ्नो पदको दुरुपयोग गरि दोषिलाइ छुट्टाउनु भएपनि प्रहरीले पुनह पक्राउ गरि जबर्जस्ति कारणीको प्रयासको मुद्दा पीडित पक्षले मुद्दा दिएपनि जिल्ला प्रहरी कार्यालय पर्साले भने पक्राउ परेका ठकुराइ दाजुभाइ बिरुद्ध अभद्र ब्यबहार मुद्दा दर्ता गर्नुलाइ पनि सामुदायिकका अध्यक्ष ठकुराइको भुमिका रहेको पीडित पक्षको आरोप छ ।
बीरगंज महानगरपालिका वडा नम्बर ०२ छपकैयाको घुसुकपुरमा आज भन्दा करिब १२ महिना अगाडि चार वार्षिया बालिकाको हत्या भएको थियो सो घटनामा हाल पीडित भनिएकि महिला बच्चि खातुनको १६ वार्षिय छोरा सहित तीनजना नाबालक पक्राउ परेका थिए अहिले पनि सो मुद्दा जिल्ला अदालत पर्सामा बिचाराधिन छ ।
पक्राउ परेका तीनै जना नाबालक बालसुधार गृह बिरगंजमा राखिएका छन । सो जघन्य अपराधको घटनाले पुरै बीरगंजलाइ स्तब्ध बनाएको थियो । घुसुकपुर गाउपनि शोकमग्न भएको थियो ।
उक्त घटना मृत्यु हुने बालिका सिकन्दर मिया ठकुराइकि छोरी थिइन घटनाले ठकुराइ परिवारमा बदलाको भाबना थियो । मृतिका बालिकाको काका मुस्तुजाब मिया ठकुराइ वैदेशिक रोजगारिको सिलसिलामा कतारमा थिए । करिब दुइ महिना अगाडि मुस्तजाब घर आएका थिए उनि आएपछि भतिजिको हत्या गर्नेको परिवार सङग बदला लिने भवना स्वरुप भदौ ०३ गते साझ ०७ बजेको समयमा सिकन्दर र मुस्तुजाब पीडित बच्चि खातुनको घरमा प्रबेश गरि महिला माथि कुटपिट गरेका थिए बलत्कारको प्रयास पनि भएको स्थानियकाे भनाई रहेकाे छ ।
महिला माथी कुटपिट र बलात्कारको आरोप लागेका सिकन्दर र मुस्तजाब दाजुभाइ विरुद्ध जबर्जस्ति करणीकाे प्रयास गरेको भनि पीडिताका पति अलि अकबर अन्सारीले जिल्ला प्रहरी कार्यालय पर्सामा किटानिका साथ जाहेरी दिदा प्रहरीले अभद्र जस्तो सामान्य मुद्दा दर्ता गर्नुले प्रहरीको भमिका माथी सङका गर्ने प्रसस्त ठाउ छ ।
यस प्रकरणमा सामुदायिक प्रहरी सेवा छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराइको पनि नाम मुछिएको छ अध्यक्ष ठकुराइले आफ्नो पदको दुरुपयोग गरि पहिला आरोपित पक्राउ परेको केहि घन्टा भित्र छुटाएका थिए । प्रदेश सरकारका मन्त्री रहबर अन्सारीको प्रयासले छुटेका ब्यक्ति फेरि पक्राउ परेका थिए भने सामुदायिक सेवाका अध्यक्ष ठकुराइले आफ्ना मनिस जबर्जस्ती करणिकाे मुद्दामा फस्ने देखेर प्रहरीलाइ दबाब दिएर हतारमा अभद्र मुद्दा दर्ता गर्न लगाएको पीडित पक्षको आरोप छ । अध्यक्ष ठकुराइले घटनामा आफ्नो कुनैपनि किसिमको सङ्लता नरहेको बताएका छन । घाइते महिलाको अहिले पनि नारायणी अस्पतालमा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *