April 16, 2026
Parsa, Nepal
देश प्रदेश २ राजनिती हेडलाइन

बीरगंज महानगरपालिकाको कार्यपालिकामा ठुलाे रस्साकस्सी जसपाका सदस्यहरु बिच चर्को अन्त्तरबिरोधले सिह अफ्ट्यारोमा

इरफान अली

बीरगंज ०८ भदौ ।

बीरगंज महानगरको नगर कार्यपालिकाको बैठक बस्नु अगाडी मेयर राजेशमान सिहले आफ्नो पार्टिका पालिका सदस्यहरुलाइ दिवा भोज दिएर फकाउने प्रयास गरेका

छन ।
३९ सदस्य रहेको बीरगंज महानगर पालिकाको नगर कार्यपालिकामा जनता समाजबादि पार्टि नेपालको मेयर राजेशमान सिह सहित मनोनीत समेत गरेर १९ जना सदस्य रहेको छ तर आधा भन्दा बढी जसपाका सदस्यहरु मेयर सिहको बिरोधमा छन जस्ले गर्दा साेमबार बस्ने नगर कार्यपालिकाको बैठकमा बहुमत नपुग्ने देखेर शुक्रबार होटेल पुजनमा सदस्यहरुको लागि दिवा भोजको आयोजना गरि बैठकमा आफुले के बोल्छु र सदस्यहरुले के बोल्नु पर्छ भनी स्कुलिङ्ग गराएका थिए । तर उनका बिरोधि खेमाका केहि सदस्यहरु अनउपस्थित रहेका थिए भने सहभागी मध्याकाले पनि आफुहरुलाई बच्चालाई जस्तो गरि नपढाउनुस भनी बिरोध जनाएको एक नाम गाेप्य राख्ने शर्तमा एक सहभागीले बताएका छन ।

मेयर सिहले कार्यपालिका बैठकमा कडा बिरोधको सामना गनुपर्ने ।
कर्मचारिको म्याद थप गर्ने बिषयमा आफ्नै पार्टीका सदस्यले बैठक बिथोल्न सक्ने ।
बीरगंज महानगर पालिकाको नगर कार्यपालिकाको बैठकमा करारका कर्मचारीहरुको म्याद थप गर्ने विषयले मेयर राजेशमान सिह अफ्ट्यारोमा पर्ने भएका छन ।
आफ्नै पार्टिका जनता समाजबादि पार्टिका पालिका सदस्यहरुले कर्मचारीको म्याद थपको चर्को बिरोध गर्दै बैठक भाडिने संभावना देखेर शुक्रवार स्थानीय होटेल पुजनमा दिवा भोजको आयोजना गरेर सदस्यहरुलाइ फकाउने प्रयास मेयर सिहले गरेपनि सफल भएनन । सहभगिहरुले दिवा भोजमा नै कर्मचारी भर्ना देखी म्याद थप गर्ने बिषयको चर्को बिरोध गरेपछि मेयर सिह थप अफ्ट्यारोमा परेका हुन । सोमबार नगर कार्यपालिकाको बैठक बस्दै छ बैठकको मुख्य एजेन्डा नै करारको कर्मचारीहरुको म्याद थप गर्ने रहेको छ ।

साेमबार हुने बैठकमा २०८० /०८१ को दर रेट कायम गर्ने ,दिवा खाजा , खानेपानी बिपद ब्यबस्थापन र करारमा रहेका कर्मचारीहरुको म्याद थप गर्ने भन्ने एजेन्डा रहेको छ । करारको कर्मचारिको म्याद थप गर्ने बिषयमा जसपाका सदस्यहरुको चर्को बिरोध छ किन भने मेयर सिहले आफ्ना मानिसहरुलाई आफु खुशि भर्ना गरेका थिए आफ्नै पार्टिका वडा अध्यक्षहरुको पनि कर्मचारी भर्ना गर्दा सुनेका थिएनन बैठकमा सोहि बिषयमा चर्को बिरोध हुने देखेर मेयर सिहले बैठक बस्नु भन्दा केहि दिन अगाडि नै सदस्यहरुको लागी दिवा भोजको आयोजना गरेर फकाउने प्रयास गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *