September 9, 2026
Parsa, Nepal

हेडलाइन

देश प्रदेश २ हेडलाइन

मधेशवादि दलकाे सरकारसँग सम्बन्ध चिसिँदै ।मन्त्री नटेरेपछि मधेशका दुई दल सरकारबाट बाहिरिने तयारीमा

काठमाडौं १३ भदाै। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मधेशका दुई दलसँगको सम्बन्ध जोगाउन नसक्ने संकेत देखिन थालेको छ। आफ्नै मन्त्रीले पार्टीको निर्देशन नमानेपछि जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवै सरकारबाट बाहिरिने तयारीमा छन्। जसपाले महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह र खानेपानीमन्त्री प्रदीप यादवलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

Read More
देश प्रदेश २ हेडलाइन

पर्सामा हैजा फैलिँदा काँग्रेस नेता साहाबुद्दिन अस्पतालमा, स्थानीय निकायप्रति असन्तुष्टि

वीरगंज ०९ भदाै । पर्सा क्षेत्र नं. २ का नेपाली कांग्रेस सभापति मोहम्मद साहाबुद्दिन हैजाले प्रभावित बिरामीसँग अस्पताल पुगेर भेटघाट गरेका छन्। प्रभावितहरूलाई मनोबल दिनका साथै उनले “सकेसम्म सरकारबाट सहयोग दिलाउने” आश्वासन समेत दिएका छन्। भेटघाटकै क्रममा स्थानीयवासीले “नेताहरू महँगो स्टन्ट मात्र गर्छन्, वास्तविक काम गर्दैनन्” भन्ने गुनासो राखेपछि सभापति साहाबुद्दिनले तत्काल स्वास्थ्य मन्त्री प्रदीप

Read More
देश प्रदेश २ हेडलाइन

पर्सामा पहिलो पटक ड्रोनमार्फत भूमि नापजाँच, १० मिनेटमै महिनौंको काम सकियो

वीरगंज २३ श्रावन । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–२, रङ्गपुर टाडीमा नेपालमै पहिलो पटक ड्रोन प्रविधि प्रयोग गरी भूमि नापजाँच कार्य सम्पन्न गरिएको छ। भूमि समस्या समाधान आयोगको टोली, वरिष्ठ नापी अधिकृत तथा अनुगमन प्रमुख राजकुमार विश्वकर्माको नेतृत्वमा शुक्रबार नापजाँच सम्पन्न भएको हो। आयोगका अध्यक्ष तबरेज अहमदका अनुसार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या

Read More
राजनिती हेडलाइन

बिहार निर्वाचनमा ठूलो विवाद: विपक्षी नेता तेजस्वी यादवको समेत नाम मतदाता सूचीबाट हटाइयो ।

पर्सा १७ श्रावण । विहारमा आसन्न विधानसभा निर्वाचनलाई लिएर राजनीतिक माहोल तातिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ मतदाता सूचीको प्रारम्भिक मस्यौदामा ६५ लाख मतदाताको नाम हटाइएकाे पुष्टि भएपछि विवाद चुलिएको छ। विशेषगरी प्रमुख विपक्षी नेता तथा पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवका सुपुत्र तेजस्वी यादवको नामसमेत सूचीबाट हटाइएको समाचार बाहिरिएपछि यसले गम्भीर रूप लिएको छ।निर्वाचन

Read More
देश हेडलाइन

२०८०/८१ एसईईको नतिजा सार्वजनिक । ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये

Read More
अर्थतन्त्र देश प्रदेश २ हेडलाइन

निर्माण कार्यमा प्रयाेग हुने बुल मेसिनको आधिकारिक बिक्रेता अटोवेज प्रा.लि. को शाखा अब वीरगन्जमा

वीरगंज जेठ । बुल मसिन इन्डिया प्रा. लि. को नेपालको आधिकारिक बिक्रेता अटोवेज प्रा.लि. ले आफ्नो पाँचौ शाखा औद्योगिक नगरी बीरगंजमा नया शाखा विस्तार गरेको छ । अटोवेज प्रा.लि.निर्देशक सन्ध्या पौडेल र मधेस प्रदेश सभासद श्याम पटेलले सयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन। अटोवेज प्रा.लि. नेपालको मुख्य कार्यलय रहेको पोखराबाट विभिन्न ब्यबसायमा लगानी गरेको

Read More
देश प्रदेश २ समाज हेडलाइन

मेयर सिहको ठेकेदार अनियमित असुली गर्दैगर्दा पक्राउ । ठेक्दार सहित ८ जना बाउन्सर प्रहरी हिरासतमा ।

बीरगंज जेष्ठ । बीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहका मानिस सञ्जय पटेलले गिट्टी बालुवाकाको कर उठाउन लिएकाे ठेक्कामा अबैध असुली गरेकाेले पर्सा प्रहरीद्वारा पक्राउ परेका छन । बीरगंजको भेडाहा खोलाबाट उत्खनन गरिने गिट्टी बालुवाको कर उठाउने ठेक्का मेयर सिहले आफ्नै मानिस सन्जय पटेलकाे शिव शान्ति कन्स्ट्रक्सनलाइ दिएका थिए । ठेक्का कम्पनीले गिट्टी बालुवा ढुवानी गर्ने

Read More
देश प्रदेश २ हेडलाइन

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाईयाे ।

वीरगज १५ जेठ । गणतन्त्र दिवसको उपलक्ष्यमा वीरगजमा बृक्षारोपण र सरसफाई लगायतका कार्यक्रम गरिएकाे छ । वीरगन्जको चिनीमिल परिसमा रहेको प्रसीद्ध पशुपतिनाथ मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो भने बहुवरीकाे ईदगाह र उम्मे कुलसुम बनात विधालयमा सरसफाई गरिएकाे छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वार्टर पर्साको आयोजनामा उक्त क्षेत्रहरुमा सरसफाई गरिएको थियो ।

Read More
देश प्रदेश २ समाज हेडलाइन

नेपाल बैंक माइस्थान शाखामा सेवाग्राहीलाई सास्ति । बैकका कारण वृद्धकाे हड्डि र महिलाकाे इज्जत जाने डर ।

बीरगंज १५ जेठ । नेपाल सरकारको स्वामित्वको नेपाल बैंक लिमिटेडकाे असंवेदनशिलताका कारण सेवाग्राहीहरुले समस्या खेप्नु परेकाे छ । नेपाल बैक सेवाग्राहिहरु प्रति गम्भिर देखिदैन जस कारण सेवाग्रहिहरु ज्यान कै समस्या खेपेर बैक प्रवेश गर्नु पर्ने भएका छन । सेवाग्राहीकाे समस्या नबुझि बैकले विगत १.५ वर्ष देखि घरबहाल समझाैता गर्दै आएकाे छ । बैककाे सिढि( भर्याङ्ग)

Read More
देश हेडलाइन

भारतसँगका पर्साका सीमानाका बन्द ।

वीरगञ्ज १० जेठ । भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो । वीरगञ्ज भन्सार कार्यालय सहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो । जेठ १२ गते

Read More