विरगंज १६ भदाै ।
नेपाल प्रेस युनियन पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री रमेश लेखकले सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको विदेश भ्रमणबारे जानकारी दिए। उनले प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा लिपुलेक नेपालकै भूभाग भएको प्रस्ट पारेको उल्लेख गर्दै, “आफ्नो भाग आफैं हो भन्नाले भारत वा चीन कसैको टाउको दुख्दैन” भन्ने स्पष्ट सन्देश दिएको बताए।
गृहमन्त्री लेखकले देशमा दुई ठूला दल मिलेर सरकार सञ्चालन गरिरहेको र यसले मुलुकलाई समृद्धितर्फ अघि बढाइरहेको पनि दाबी गरे। तर संविधानविरोधी गतिविधि बढ्दै गएको भन्दै उनले सचेत रहन सबैलाई आग्रह गरे। “संघीयता खारेज गर्ने आवाज उठाउनेहरूले पनि यही संविधानको धारा टेक्दै बोल्ने गर्छन्। त्यसैले संविधानको रक्षा आजको आवश्यकता हो,” गृहमन्त्री लेखकले भने।
उनले नेपाल सरकारको कानुनी, न्यायिक र आर्थिक पक्ष क्रमशः मजबुत हुँदै गएको पनि उल्लेख गर्दै स्थिरता र समृद्धिका लागि सबैको सहकार्य आवश्यक रहेको दोहोर्याए।
अर्को प्रसंगमा गृहमन्त्री लेखकले रवि लामिछानेबारे हालै आएको अदालतको फैसलाबारे पनि प्रतिक्रिया जनाए। उनले भने, “रविलाई अदालतले हालेको हो, कुनै पार्टी वा नेताले होइन। देशमा २८ हजारभन्दा बढी कैदीबन्दी छन्। सबैले मलाई प्रतिशोध गरेर सरकार ल्यायो भन्न थाले भने के हुन्छ?”
उनकाे भनाइको सार यही थियो कि देशमा जसले अपराध गर्छ, त्यो जो कोही भए पनि उम्कनु हुँदैन; तर निर्दोषलाई अन्यायमा पार्नु पनि हुँदैन। “रवि दोषी वा निर्दोष भन्ने फैसला सरकारले होइन, अदालतले गर्ने हो,” गृहमन्त्री लेखकले स्पष्ट पारे।
कार्यक्रमको अध्यक्षता नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानले गरेका थिए भने सञ्चालन पर्साका सचिव इरफान अलीले गरेका थिए। उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
देश
प्रदेश २
राजनिती
हेडलाइन
गृहमन्त्री लेखकको विरगञ्जमा सम्बोधन : “लिपुलेक हाम्रो भूभाग, संविधानको रक्षा सबैको कर्तव्य
- १६ भाद्र २०८२, सोमबार
- 295 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार