काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।
१८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।
गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
कसरी हेर्ने एसइईको रिजल्ट ?
एसइईको रिजल्ट IVR, एसएमएस र वेबसाइटबाट हेर्न सकिने जनाएको छ । IVR का लागि नेपाल टेलिकमको ल्याण्डलाइन फोन, मोबाइलबाट १६०० डायल गरी निर्देशनअनुसार प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।
SEE लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी १६०० मा म्यासेज पठाएर पनि एसइईको रिजल्ट हेर्न सकिने टेलिकमले जनाएको छ ।
त्यस्तै टेलिकमको http://see.ntc.net.np वेबसाइट पनि हेर्न सकिने जनाएको छ । यीबाहेक विभिन्न नीजि कम्पनीहरूले पनि राष्ट्रिय परीक्षा बोर्डसँगको सहकार्यमा रिजल्ट हेर्न मिल्ने व्यवस्था गर्ने गरेका छन् ।
देश
हेडलाइन
२०८०/८१ एसईईको नतिजा सार्वजनिक । ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण
- १४ असार २०८१, बिहीबार
- 327 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार