वीरगंज जेठ ।
बुल मसिन इन्डिया प्रा. लि. को नेपालको आधिकारिक बिक्रेता अटोवेज प्रा.लि. ले आफ्नो पाँचौ शाखा औद्योगिक नगरी बीरगंजमा नया शाखा विस्तार गरेको
छ ।
अटोवेज प्रा.लि.निर्देशक सन्ध्या पौडेल र मधेस प्रदेश सभासद श्याम पटेलले सयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन।
अटोवेज प्रा.लि. नेपालको मुख्य कार्यलय रहेको पोखराबाट विभिन्न ब्यबसायमा लगानी गरेको एक अग्रणी औद्योगिक घराना हो ।
पोखरामा अटोबेज प्रा.लि मणिपाल टिचिग अस्पताल, स्विफ्ट ट्राभल, होटेल, हाइड्रोपावर, प्रतिभा कलेज, र बिगत २५ बर्ष देखि अटो ब्यबसाय अन्तर्गत टोयोटा र आयचर लगायत गाडीहरू र कोमात्सु मेसिनहरुको बिक्रि बितरण गर्दै आइरहेको छ । वीरगन्ज वडा नं १४ बहुवरीमा रहेको शाखाको उदघाटन गर्दै निर्देशक पौडेल गाडिको बिक्रि, र बिक्रि पछिका सम्पूर्ण सेवाहरु एकै स्थानबाट उपलब्ध हुने बताइन ।साथै आगामी एक बर्ष भित्र नेपालभरी का सबै प्रमुख शहरहरुमा बुल मसिनको बिक्रि बितरण हुने बताइन । हाल पोखरामा मुख्य कार्यालय रहि काठमाडौ कर्पोरेट कार्यलय रहेको अटोवेजको चितवन, बुटवल, इटहरी र दाङमा अहिलेदेखि नै शाखा विस्तार गरि सेवा दैदै आइरहेको छ ।
बुल इन्डियाबाट उत्पादित ४५ हर्ष पावर देखि १०० हर्ष पावरका ब्याकु लोडर, लोडर, लगाएत विभिन्न निर्माण कार्यमा प्रयोग हुने कन्ट्रक्सन इक्युप्मेन्टहरु शाखाबाट बिक्रि बितरण हुने बताइएको छ ।
बीरगंज शाखा प्रमुख रहेका मनोज कुमार सिंहले उचित मुल्यमा गुणस्तरीय मसिन बिक्री एबम बिक्री पछीको सेवामा चौबीसै घन्टा तत्पर रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रममा कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति मोहम्मद सहाबुद्दिन , स्व गिरिजा प्रसाद कोइराला फाउन्डेसनका मनोहर साह , अटोवेज नारायणघाट शाखा प्रमुख इन्द्र रेग्मी, पोखराबाट प्रमुख म्यानेजर बाबुराम खनाल चिफ फाइनान्स अफिसर कुल बहादुर खत्री क्षेत्री ,सर्भिस म्यानेजर आशिष राज गुप्ता लगायत बीरगंजका विभिन्न ब्याबसायी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
अर्थतन्त्र
देश
प्रदेश २
हेडलाइन
निर्माण कार्यमा प्रयाेग हुने बुल मेसिनको आधिकारिक बिक्रेता अटोवेज प्रा.लि. को शाखा अब वीरगन्जमा
- २६ जेष्ठ २०८१, शनिबार
- 435 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार