बीरगंज ०८ जेठ ।
नेपाली काग्रेस पर्साले पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएर बीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहको किर्ते कागज र नागरिकता मुद्दामा कार्वाही गर्न र शुक्रबारको घटनाको छानबिन गरि दाेषीलाई कानुनी कटघरामा ल्याउन माग गरेको छ ।
नेपाली काग्रेस पर्साका सभापति तथा मधेस प्रदेशसभा सदस्य जनार्दन सिह क्षेत्रीको नेतृत्वमा गएको प्रतिनिधि मन्डलले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा लोकतान्त्रिक ब्यबस्थामा बिरोध गर्न पाउने सबैको समान अधिकार हुने भएकोले नेपाली काग्रेस गत शुक्रबार गृहमन्त्रीको सहकारीको रकम अपचलनको छानबिनको लागी संसदिय समिति गठन र महानगर पालिकाका मेयर राजेशमान सिहले किर्ते कागज त्यार गरि अर्काको छोरिलाई आफ्नो छोरी भनेर नागरिकता बनाइ दिएको मुद्दाको छिटो भन्दा छिटो छानबिन गरि कार्वाही गर्न माग गर्दै बीरगंजमा बिरोध प्रदर्सन गर्ने क्रममा बीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहले आफ्नो मानिसहरु पठाएर आक्रमण गर्न लगाएको घटनाको नेपाली काग्रेस घोर भ्रत्सर्ना गरेकाे सभापति क्षेत्रिले बताए ।
ज्ञापनपत्रमा भनिएकोछ शान्तिपूर्ण बिरोध प्रदर्शनमा मेयर सिहले सुनुयोजित रुपमा आफ्नो मानिसहरु पठाएर आक्रमण गर्न लागाउदा ने बि संघका अध्यक्ष सहितका नेता कार्यक्रताहरु घाइते भएकोले सो घटनामा संलग्न माथी कडा कार्वाही गर्न नेपाली काग्रेस जोडदार माग गर्दछ भनिएको छ ।
ज्ञापनपत्र बुझाए लगतै नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिह क्षेत्रीले प्रतिक्रिया दिनुहुदै लोकतन्त्रमा बिरोध गर्न पाउने सबैको अधिकार हुन्छ मेरो बिरोध गर्यो भनेर बिरोध गर्ने माथी आक्रमण गर्न लगाउनु गैर लोकतान्त्रिक ब्यबहार हो भन्नुभयो ।
उहाले मेयर सिह सार्बजनिक पद धारण गरेका ब्यक्ति हुन त्यस्ता ब्यक्तिको निजि जिवन हुदैन उस्को बिषयमा सबैले चासो राख्न पाउछ बिरोध गर्न पाउछ मेरो बिरोध गर्यो भनेर मान्छे पठाएर आक्रमण गर्न पाइदैन भन्नुभयो क्षेत्रीले बीरगंजमा कसैकोपनि गुण्डागर्दि चल्दैन कसैले गुण्डागर्दि गर्छ भने नेपाली काग्रेसलाइ स्विकार्य हुदैन भन्नुभयो । शुक्रबारको घटनाको दोषीहरु माथी तत्काल कार्वाही गर्नपनि सभापति क्षेत्रीले प्रहरी प्रशासनसङ्ग माग गर्नुभयो । ज्ञापनपत्र बुझाउनु अघि नेपाली काग्रेसले बीरगंज नगर परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बिझाएको थियो ।
