बीरगंज १० जेठ ।
नेपाली रेडक्रस सोसाइटीले सन्चालन गर्दै आएको रक्त सन्चार केन्द्र पदाधिकारी र कर्मचारी पोस्ने थलो बनेको छ। नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले सन्चालन गर्दै आएको रक्त सन्चार केन्द्र बीरगंज दाताले दान गरेको रगत बेचेर खाने थलो बनेको छ ।
रक्त सन्चार केन्द्र आफुले रक्त संकलन गर्ने कुनैपनि कार्यक्रम गर्दैन अरुले दान गरेको रगत बेचेर खाने मात्र काम गर्छ । बिभिन्न संघ सस्थाहरुले सेवाभावले सामुहिक रक्तदान कार्यक्रमको आयोजना गर्छन ।कोहि कसैले आफैले सेवाभाबले आफै गएर रक्तदान गरेका हुन्छन , दाताहरुले पनि कोहिकसैको जीवन रक्षा होस भन्ने पबित्र उद्येस्यले रक्तदान गरेका हुन्छन त्यही रगत बेचेर नेपाल रेडक्रसका पदाधिकारीहरु र कर्मचारीहरु पालिएका छन । सामाजिक संघ सस्थाहरुले रक्तदान कार्यक्रमको आयोजना गर्दा रक्तसञ्चार केन्द्रले पठाउने भनेको प्राबिधिक र रगत राख्ने बाक्सा मात्र हो ।
कार्यक्रमको लागी उसले कुनै पनि किसिमको सहयोग गर्दैन यहा सम्मकि रक्तसञ्चार केन्द्रले पठाएको प्राबिधिक टोलिलाइ आयोजकले खाजा र खाना खुवाउनु पर्छ र भत्ता सम्मकाे व्यवस्था गर्नु पर्छ । त्यसरी दाताले दान गरेको रगतमा रेडक्रसका पदाधिकारी र कर्मचारीको रजाई चल्छ । निशुल्क बितरण गर्नुपर्ने रगतको प्रति युनिट एक हजारकाे दरले बिरामिको आफन्त सङ्ग असुल गरिन्छ र त्यस्तो रकम पदाधिकारीको भत्ता र कर्मचारीको तलबमा खर्च गरिन्छ । रक्त सचार केन्द्र कतैबाट पनि सेवाभावले सन्चालन भएको देखिदैन रगत बेच्ने ब्यापारी पसल जस्तो देखिन्छ ।
अहिले रगतको अभाब भएको छ । रगत सङ्कल गर्ने तर्फ न त रेडक्रसका पदाधिकारी लागेका छन न त कर्मचारी नै अरुले दान गरिदिए बेचेर खाने मात्र हो । नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी र कर्मचारीले रातो रगतको कालो धन्दा गरिरहेका छन यस तर्फ सम्बन्धित निकायको गम्भिर ध्यान जान जरुरी छ । मानिसले दान गरेको रगत बेचेर खाने रेडक्रसका पदाधिकारी र कर्मचारीलाइ रगत पिपासु भनेपनि फरक नपर्ने भएको छ । सेवाभवना भएको भए रेडक्रसले जागरण अभियान चलाउथ्यो दाता सस्थाहरुलाई कार्यक्रम गर्नुस लाग्ने ब्यबस्था हामी गर्छौ भन्ने थियो तर यहा त जनताको सहानुभूति भजाइदै छ जनताको सेवा भाबनालाई रेडक्रसले कमाएर खाने माध्यम बनाएको छ । मनिसको जीवन रक्षाको हवाला दिएर जनताको भाबनात्मक मनोभाबको गलत फाईदा उठाइदै छ । सेवा गर्नुपर्छ भन्ने सर्बमान्य शिध्यान्त हो सेवालाइ कामाउने धन्दा बनाइनु भनेको गलत मात्र होइन अपराध नै हो ।
देश
प्रदेश २
समाज
हेडलाइन
मानिसको रगत बेचेर पालिएका रेडक्रसका जन्तुहरु नेपाल रेडक्रसको रातो रगतको कालो धन्दा ।
- १० जेष्ठ २०८१, बिहीबार
- 609 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार