बिरगंज ०७ जेठ ।
वर्तमान सत्तारुढ दल नेकपा माओवादीलाई नेपाली कांग्रेस पार्टीले प्रधानमन्त्री ‘प्रचण्ड’लाई जवाफ फर्काएको छ। सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा कांग्रेसले अवरोध गरेपछि प्रधानमन्त्री प्रचण्डले ‘इतिहासमा चर्को मूल्य चुकाउनुपर्ने’ कांग्रेसलाई चुनौती दिएका थिए।प्रतिनिधिसभा बैठकपछि बसेको संसदीय दलको बैठकको निर्णय सुनाउँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीररुपले ध्यान आकृष्ट भएको बताए।गृहमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र आज प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको ध्यान गम्भीररुपले आकृष्ट भएको रमेश लेखकले बताए।उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजीले मैले नेपाली कांग्रेसलाई धेरै सहयोग गरेको छु। आज नेपाली कांग्रेसले जे गर्यो, त्यसका लागि भोलिका दिनमा मूल्य चुकाउनुपर्ला भन्नुभयो। तपाईंहरूले हामीलाई भोटको राजनीतिमा आएपछि सहयोग गर्नुभएको हो। हामीले पनि गरेका हौँ।’लेखकले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई जंगलबाट राजनीतिमा ल्याएको स्मरण गराए। उनले भने, ‘तपाईंलाई त जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो बिर्सिनु भयो। हतियारकै बलमा यो सत्ता परिवर्तन गर्छु भनेर हिँड्नु भएको तपाईंलाई शान्तिमा कसले ल्याएको हो?
देश
राजनिती
हेडलाइन
प्र.म प्रचण्डकाे चुनाैतिलाई कांग्रेसको जवाफः तपाईंलाई जंगलबाट राजनीतिमा कांग्रेसले ल्याएको हो, बिर्सिनु भयो?
- ७ जेष्ठ २०८१, सोमबार
- 340 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार