सम्पादक विश्लेषण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनुभएको छ । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीच आज भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएको हो ।आजको मतदानमा एक सय ५८ जना सांसद सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डले एक सय ५७ मत पाउनुभएको छ । विपक्षमा कुनै मत परेन । मत दिन्न भन्ने पक्षमा जम्मा एक मत परेको छ ।
नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र तीन जना स्वतन्त्र सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन् । नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दलले मतदानमा नै भाग लिएनन् ।प्रचण्डले डेढ वर्षको अवधिमा आज चौथो पटक विश्वासको मत पाउनुभएको हो । २०७९ सालको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले विभिन्न गठबन्धन परिवर्तन भइरहँदा यसअघि तीन पटकसम्म संसदबाट विश्वासको मत पाउनुभएको थियो सहकारीको रकम हिनामिनामा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग राखेर निरन्तर संसद् अवरोध गर्दै आएको छ । आज पनि बिहान साढे ११ बजे बसेको बैठकमा कांग्रेसका सांसदहरूले नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि बसेको बैठकमा पनि कांग्रेसका सांसदहरूले नाराबाजी गर्दै बेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया शुरु गर्नुभएको थियो ।बेल घेराउ गर्दै नाराबाजी गरिरहेका कांग्रेसका सांसदहरूलाई मर्यादापालकले घेरेपछि बल्ल प्रधानमन्त्री प्रचण्ड रोस्ट्रममा जान पाउनुभएको थियो । विश्वासको मत माग्दै प्रचण्डले नेपाली कांग्रेसको आजको गतिविधि इतिहासमा कलङ्कको रूपमा स्थापित हुने बताउनुभयो । प्रधानमन्त्रीले विश्वासको मत माग्ने बेलामा नाराबाजी गरेर र बेल घेराउ गरेर कस्तो पद्धतिको विकास गर्न खोजेको हो भनेर उहाँले सोध्नुभएको छ प्रधानमन्त्री प्रचण्डले आजको गतिविधिका कारण कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिनुभएको छ । ‘नेपाली कांग्रेसका लागि मूल्य चर्को पर्नेछ । आजको तपाईंहरूको गतिविधि नेपालको इतिहासमा एउटा कलङ्कका रूपमा रहनेछ’, उहाँले भन्नुभयो ।
देश
राजनिती
सम्पादकीय
हेडलाइन
कांग्रेसको नाराबाजीकै बीच प्र म प्रचण्डले विश्वासको मत पाए ।
- ७ जेष्ठ २०८१, सोमबार
- 290 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगंज महानगरपालिकाद्वारा नवजात शिशुको अभिभावक खोजी
१७ बैशाख २०८३, बिहीबार
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार