दर्जनौँ चेकपोस्ट हुँदाहुँदै अवैध गोदाम शहरमै कसरी चल्यो ?
वीरगंज २७ माघ । पर्सा जिल्लाको १०८ किलोमिटर खुला सीमा र त्यसमा खटिएको सुरक्षा संयन्त्र फेरि एकपटक गम्भीरप्रश्नको घेरामा परेको छ। सीमा सुरक्षाको पहिलो जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल (एपीएफ), त्यसपछि नेपाल प्रहरी र भन्सार कार्यालयको उपस्थितिका बाबजुद वीरगञ्जजस्तो संवेदनशील व्यापारिक केन्द्रमा अवैध रूपमा गोदाम सञ्चालन हुनु र त्यसको छानबिनका क्रममा सुरक्षाकर्मीमाथि नै आक्रमण हुनु