April 21, 2026
Parsa, Nepal
देश राजनिती सम्पादकीय हेडलाइन

सातै प्रदेश सरकार असफल । खारेजिमा पर्ने जोखिम 

 

सम्बिधानमा तिन तहको सरकारको ब्यबस्था गरियो । केन्द्र ,प्रदेश र स्थानीय तह तिनै तहको सरकार निर्वाचन बाट गठन गरिने ब्यबस्था भए अनुशार दुइ पटक तिनै तहको निर्वाचन भैपनि सकेको छ । केन्द्र र स्थानीय सरकार आ आफ्नो काम गरिरहेका छन राम्रो नराम्रो के गर्दैछन त्यस्को मुल्यांकन पनि भैरहेको छ तर बिचको प्रदेश सरकार भने कहिकतै सफल भएको देखिदैन प्रदेश सरकारहरुले पहिलो कार्यकाल आलोचनामानै बितायो कुनै पनि प्रदेश सरकारले योत राम्रो कामगर्यो भनी जस पाएन । दोस्रो कार्यकालमा पनि प्रदेश सरकारहरुको चौतर्फी आलोचना भरहेको छ । सातै प्रदेश सरकारले मन्त्री मण्डललाइ पुर्णता दिन सकेको छैन छ महिना पुग्दा नओउग्दै प्रदेश सरकारहरु परिबर्तन भए । अहिले पनि भागबन्डामा अल्झिएको छ । नत उनिहरुले जनमुखी कार्यक्रम ल्याउन सकेका छन न त जनताको बिश्वास जित्न सकेका छन आम नेपाली जनताले प्रदेश सरकारलाइ बोझ मान्न थलेका छन । यस्तै गरि प्रदेश सरकारहरु चलिरहने हो भने प्रदेश सरकार असफल भै खारेज हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *