September 7, 2026
Parsa, Nepal
देश प्रदेश २ समाज हेडलाइन

वीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहद्वारा उच्च अदालतकाे आदेशकाे अवज्ञा । नगर प्रहरीद्वारा कानुनकाे अवज्ञा सहित दुर्व्यवहार

वीरगंज श्रावण । वीरगंज महानगरका मेयर राजेशमान सिह श्रेष्ठले अतिक्रमण हटाउने नाममा आफ्नाे व्यक्तिगत रिसिभि साद्धन गरेकाे कुकिर्ते एउटा घटना प्रकाशमा आएकाे छ ।
अदालतबाट घर जग्गा यथावत स्थितिमा रहन दिन अल्पकालिन आदेश आएता पनि महानगरले आफ्नाे कुकिर्ते ढाकछाेप गर्नका लागि उच्च अदालत वीरगंज ईजलासकाे अन्तरिम आदेश लिन केही दिन देखि आलटाल गर्दै आएकाे छ । घर धनी गुप्ताले आदालतकाे आदेश हात जाेडेर समेत दिदा महानगर प्रमुख सिह तथा घर भत्काई रहेका उनका नगर प्रहरी ईन्चार्ज चन्द्र भुषालले समेत लिन मानेका थिएन्न ।
वीरगंजमा सार्वजनिक जग्गा अतिक्रमण गरि भवन बनाएकाे भनी वीरगन्ज महानगरपालिकाले विना सुचना घरमा डाेजर लगाएर भवन भत्काउन जादा महानगर प्रमुख राजेशमान सिहकाे कुकिर्ते पर्दाफास भएकाे हाे । घर धनी वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगर निवासी पवन कुमार गुप्ताले आफुहरु घर जग्गाकाे प्रमाण सहित उच्च अदालत जनकपुरकाे अस्थाई इजलास वीरगन्जमा रिट निवेदन दर्ता गराएका थिए । उनीहरुले आफुहरुकाे जग्गा जिल्ला मालपोत कार्यालय पर्साबाट नापजाँच गरि कित्ता नम्बर ६,७,६ र ४२ सार्वजनिक नभई व्यक्तिकाे भएकाे कायम गरेकाे थियाे । साेहि आधारमा उच्च अदालत वीरगंजमा पेश गरेकाे प्रमाणकाे आधारमा उच्च अदालतले सर्वाेच्च अदालतकाे नियमावली २०७४ काे दफा २ (ख) निवेदकले माग गरे बामाेजिम कार्यवाहि गर्नु पर्ने हाे हाेईन ? साे काे सबुत प्रमाण सहित १५ दिन भित्र अदालतमा हाजिर भई प्रमाण पेश गर्न उच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयालले महानगरपालिकाकाे नाममा अल्पकालिन अन्तरिम आदेश श्रावण ११ गते जारी गरेका थिए । तथापी याे आदेशकाे ठाराे अवहेलना वीरगंज महानगरका मेयरले गरेकाे पाईएकाे छ ।

घर धनी पवन कुमार गुप्ता सहित अदालतकाे टाेली महानगर पुग्दा मेयर सिहले अदालतकाे अल्पकालिन अन्तरिम आदेश बुझ्न अस्विकार गरेकाे गुप्ताले जनाएका छन । साेहि आदेश घर टहरा भत्काई रहेका नगर प्रहरी ईन्चार्ज चन्द्र भुषालले ठारै अस्विकार गर्दै निषेधाज्ञा जारी भएकाे कित्तामा डाेजर चलाउन आदेश दिएका थिए ।
महानगरपालिकाकाे नगर प्रहरी सहितकाे टाेली स्थलमा पुगि दादागिरि शैलीमा प्रस्तुत भएकाे गुप्ताकाे कथन समेत रहेकाे छ ।

अदालतकाे आदेशकाे अवज्ञा गरेकाे विषयमा साेधखाेज गर्दा नगर प्रहरीले पत्रकारहरु माथि नै दुरव्यवहार गरेका थिए । उनीहरुले हामीलाई अदालत थाहा छैन हाम्राे अदालत मेयर हुन र उनले भने झै याे आदेशकाे पालना गरेकाे नगर प्रहरीले बताए ।


वीरगंजमा ऐन ,नियम,कानुन भन्दा पनि माथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिह रहेकाे नगर प्रहरीहरुकाे भनाईले पुष्टि गर्दछ ।
ऐन नियम कानुन नमान्नु भनेकाे पुर्ण रुपमा गुण्डागर्दि शैली हाे । यसरी अदालतका आदेशकाे मानहानी गर्नु भनेकाे अराजक्ताकाे पराकाष्ठा हाे । कानुनी राज्यमा कानुनकाे धज्जि उडाएकाे महानगरका मेयर सिहकाे याे हरकतले पुष्टि गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *