वीरगंज १७ श्रावण ।
भारतिय सिमा सुरक्षा बल एससबिले नेपाली गाडीहरुलाई भारतिय सिमावर्ति शहर रक्साेल जान राेक लगाए पछि सशस्त्र प्रहरी बल नेपालले पनि भारतिय गाडिहरुलाई वीरगंज आउन कडाई गरेकाे छ ।
भारतिय सिमा सुरक्षा बल (एससबि) नेपाली नम्बर प्लेटका गाडि भारतियदुतावासकाे पास भएकाेेलाई मात्र रक्साेल प्रवेश गर्न दिने र अन्य गाडिलाई सिमानाकामा राेक्नेगरेपछि रक्सौलमा किनमेल गर्न जाने नेपालीहरु सिमानाकाबाट फर्किन पर्दा सास्ति खेप्नु परेकाे थियाे भने घरायसि सरसामान खरिद गर्न रक्साेल जान लागेका नेपालीहरु बाटाे बाटै फर्किन परेकाे थियाे ।
नेपाली गाडि माथि भारतले कडाई गरेकाे समाचार प्रकासमा आएपछि नेपाल तर्फ पनि भारतिय गाडिहरुलाई नेपाल प्रवेशमा कडाई गर्न थालियाे । सशस्त्र प्रहरी बल नेपाल (एपिफ) ले भारतिय गाडिकाे नेपाल प्रवेशमा कडाइ गरेकाे छ ।
वीरगन्ज भन्सार ईन्ट्रि गरेर आएका गाडिहरुलाई समेत चालककाे लाईसेन्स गाडिकाे कागजपत्र देखाउन नसके भारत तर्फ फर्काईदिने गरेका छन भने ईन्ट्रि नगरि आएका भारतिय गाडिहरुलाई कागज पत्र भए भारत तर्फ फरकाउने गरेकाे र नभएकाहरुलाई भन्सार चलान समेत गरेकाे पाइएकाे छ ।

नेपाल तर्फका सुरक्षाधिकारिहरुले भारतिय गाडि प्रवेशमा कडाई गरेपछि वीरगंजका जनता खुसी भएका छन नागरिक समाजले समेत सशस्त्र प्रहरीकाे कामकाे सरहाना गरेका छन ।