April 16, 2026
Parsa, Nepal
देश प्रदेश २ हेडलाइन

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाईयाे ।

वीरगज १५ जेठ ।
गणतन्त्र दिवसको उपलक्ष्यमा वीरगजमा बृक्षारोपण र सरसफाई लगायतका कार्यक्रम गरिएकाे छ ।
वीरगन्जको चिनीमिल परिसमा रहेको प्रसीद्ध पशुपतिनाथ मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो भने बहुवरीकाे ईदगाह र उम्मे कुलसुम बनात विधालयमा सरसफाई गरिएकाे छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वार्टर पर्साको आयोजनामा उक्त क्षेत्रहरुमा सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरी सहभागीता रहेको थियो ।

डिजिन वन कार्यालय पर्साका प्रमुख दासको अध्यक्षता तथा नेपाली काग्रेसका क्षेत्रिय सभापति माेहम्मद सहाबुदिनकाे विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कुमोद ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान,सबैया साझेदारी वन समितिका अध्यक्ष शहरुम राउत गदी लगायतका सहभागीता रहेकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *