नक्कली नाेट काराेबारमा संलग्न दुई जना पक्राउ
वीरगन्ज,१मंसिरः वीरगन्जबाट नेपाली नक्कली नोटको कारोवारमा संलग्न रहेका दुई जना युवकलाई पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिकाको वडा नंबर ८ स्थित सिटि मार्केटबाट एक हजार दरका नेपाली नक्कली नोट सहित पक्राउ परेका युवाहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । सिटी मार्केटमा समान खरिद गरी हजार दरका नक्कली नोट दिएको सुचना पसलेले दिएपछि