धनुषा १५ कातिक । धनुषामा बलात्कार गरेको आरोपमा एक झाँक्री (धामी) पक्राउ परेका छन् ।
झारफूक तथा भूत भगाउने निहुँमा ती महिलालाई धामीले बलात्कार गरेको आरोप छ । दशैंमा अष्टमी तिथिका दिन धनुषाको औरही नगरपालिका – १ पौडेश्वरका एक इन्जिनियरकी पत्नीलाई झारफुकको नाममा बलात्कार गरेको आरोपमा धनुषाको सबैला नगरपालिका वडा नं. ११ अमरखन्नाका धामी विष्णु भन्ने विष्णुदेव ठाकुर पक्राउ परेका छन् ।
पत्नीलाई भूत प्रेतको साया भएको भन्दै इन्जिनियरले आफ्नो पत्नीलाई झारफुक र तन्त्र विद्या मार्फत ठिक गराउन धामी ठाकुर कहाँ लगेका थिए । ठाकुरले बताए अनुसार विधि विधान गरी कालरात्रिको दिन उनलाई उनकै गाउँको श्मसान घाटमा लगेर बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । झाँक्रीलाई ईलाका प्रहरी कार्यालय सबैलामा उजुरीको आधारमा पक्राउ गरिएको छ । इन्जिनियर दम्पतिले धामी ठाकुरमाथि बलात्कारको आरोप लगाउँदै उजुरी गरेपछि अनुसन्धानको लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सो सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले धामीलाई पक्राउ गरी महिलालाई मेडिकल चेकअप गरिएको जसमा बलात्कार भएको ट्रेस भेटिएको जनाएको छ । घटनाको एक सातापछि मात्र इन्जिनियर दम्पतिले धामीमाथि उजुरी हालेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाले धामीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
इन्जिनियरले दिएको बयानमा पत्नीलाई भूतप्रेत लागेको भन्दै छुटाउनको लागि धामी विष्णुदेव ठाकुरसँग सम्पर्क गरे । सम्पर्कपछि उनले बताएको विधि विधान अनुसार कालरात्रि अर्थात अष्टमी तिथिको दिन (कार्तिक ५ गते) राति पौडेश्वर गाउँभन्दा बाहिर रहेको श्मसान घाटमा लगियो भनिएको छ । महिलाको श्रीमान इन्जिनियर पनि सँगै गएका थिए ।
तीनै जना सँगै श्मसान घाट जाँदा धामीले इन्जिनियरलाई बाहिरै बस्न भनेर महिलालाई भित्र लगेका थिए । केही बेरपछि इन्जिनियरलाई बोलाउँदा महिला बेहोस र नग्न अवस्थामा देखिएको बयान रेकर्ड गरिएको छ । इन्जिनियर र धामी दुबै जनाले महिलालाई उठाएर घर ल्याएको प्रहरीको बयानमा भनिएको छ ।
देश
प्रदेश २
समाज
हेडलाइन
बलात्कार गरेको आरोपमा झाँक्री विष्णु पक्राउ
- १५ कार्तिक २०८०, बुधबार
- 365 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार