April 16, 2026
Parsa, Nepal
देश हेडलाइन

भूकम्पले जाजरकोट र रुकुम पश्चिमकाे अवस्था दयनिय , १५० भन्दा बढिकाे मृत्यु

पर्सा । गए राति भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुमकाे अपुर्णिय क्षतिका कारण अवस्था दयनिय भएकाे छ । गएराति ११ बजेर ४७ मिनेट जाँदा आएको भूकम्पका कारण कर्णाली प्रदेशका जाजरकोट र रुकुम पश्चिम सबैभन्दा बढी प्रभावित भएको हो ।
भूकम्पका कारण हालसम्म जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भइसकेको जाजरकोट जिल्लाका जिल्ला अधिकारीले जानकारी दिएका छन । उनका अनुसार भूकम्पमा परी सयौँको सङ्ख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भएका छन् ।
भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पु¥याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र जिल्ला प्रहरी कार्यालयबाट ६० जनाको उद्धार टोली परिचालन गरिएको छ ।
जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन भएको प्रजिअले बताए ।
त्यस्तैगरी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पका कारण जाजरकोटमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका प्रहरीले बताएको छ ।
त्यस्तैगरी उता रुकुम पश्चिममा पनि हाल समाचार त्यार गर्दासम्म मृतकको संख्या ३६ पुगेको छ । भूकम्पबाट आठबीसकोट र सानीभेरीमा २७ जनाको मृत्यु भएको छ। अन्य ठाउँको तथ्याङ्क संकलन भइरहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार आठबीसकोट नगरपालिकामा अहिलेसम्म २० जनाको मृत्यु भएको छ भने सानीभेरी गाउँपालिका–२ चाइनाबगरमा सात जनाको मृत्यु भएको हो ।
हालसम्म रुकुम पश्चिममा ४६ जान घाइते भएको विवरण प्राप्त भएको छ । प्रहरीका अनुसार आठबीसकोट नगरपालिकाको वडा नम्बर ११, १२, १३ र १४ मा र सानीभेरी–२ मा ठूलो मानवीय क्षति भएको छ ।
हाल नेपाल प्रहरी, नगर प्रहरी, जनप्रतिनिधिलगायत टोली उद्धारमा खटिएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ मा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

तस्विर- समाजिक सञ्जाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *