वीरगन्ज,१२कार्तिक : बाराको सिमरामा शनिबारराति भएको बस दुर्घटनामा मृत्यु हुने र घाइते भएकाहरुको नाम ठेगाना खुलेको छ । चितवनको जलवीरेबाट पिकनिक मनाएर वीरगन्ज फर्किरहेकोे ना ७ ख ४७४९ नम्बरको तारकेश्वर ट्राभल्सको बस बाराको सिमरा चोकस्थित राष्ट्रिय वाणिज्य बैंक रहेको घरमा ठोक्किर दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा एक युवकको मृत्यु हुनुका साथै ४० भन्दाबढी घाइते भएका थिए ।मृत्य हुनेमा भारतको मोतिहारी जिल्ला पोखरीया पपरीया ढाका किरैया घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर ७ मा बस्दै आएका २७ वर्षिय मुकेश साह रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये हुनेहरु अधिकांश वीरगन्जको गहवाका रहेका छन् । ती मध्ये दुई जनाको अवस्था गम्भिर छ ।

प्रहरीका अनुसार घाइते हुनेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर ८ गहवाका ३० वर्षिय सुरज साह कानु, १८ वर्षिया प्रीया गुप्ता, १६ वर्षिया मनिषा साह, २३ वर्षिया सेजल गुरूङ, ५२ वर्षिय ललन चौरसिया, २७ वर्षिय राजन कुमार गुप्ता, २८ वर्षिय मोहन साह कानु रहेका छन् । यस्तै दुर्घटनामा बाराको कलैया २० का ४५ वर्षिय वीर बहादुर महतो, कलैया ७ का १८ वर्षिय प्रसाद गुप्ता, कलैया ७ कै ३५ वर्षिय अविनाश गुप्ता र बसका सहचाकल बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ का १९ वर्षिय अनिष राईपनि घाइते भएका छन् ।
देश
प्रदेश २
हेडलाइन
बस दुर्घटनामा मृत्यु हुने र घाइते भएकाहरुको नाम ठेगाना खुलेको छ
- १२ कार्तिक २०८०, आईतवार
- 290 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार