काठमाडौं।मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ।उनले चलाएको हेलिकोप्टर गएको असोज २७ गते शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट सेढाईं घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स अस्पताल लगिएको थियो।
तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो।
उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको हो। मनाङ एयरले विज्ञप्ति निकाली चिकित्सकहरूको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा पाइलट सेढाईंको निधन भएको जनाएको छ। सेढाईं कुशल र अनुभवी पाइलटका रूपमा चिनिन्छन्। मनाङ एयरका अनुसार सेढाईंको शव आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ।
वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले उपचारका क्रममा मनाङ एयर हेलिकोप्टरका पाइलट सेढाईंको निधन भएको बताए।
दुर्घटनामा परी उनको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकोप्टर दुर्घटना भएको थियो।
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार