पर्सा– नेपाली नक्कली नोटसहित तीन जनालाई रसुवा प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं ५ नौबिसेमा रहेको एक होटलबाट नक्कली नेपाली नोटसहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
पक्राउ पर्नेहरुमा नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं ६ बस्ने बुद्धिबहादुर तामाङ, विदुर नगरपालिका वडा नम्बर ८ बस्ने मानबहादुर गुरुङ, दुप्चेश्वर गाउँपालिका ७ बस्ने ज्ञानेन्द्रबहादुर पण्डित रहेका छन् ।
प्रहरीले होटेलबाटै नक्कली नोटसहित उनीहरुले प्रयोग गरेको स्कुटरको डिक्की भित्र रहेको रातो रंगको छालाको झोला भित्र एक हजार र पाँच सयको नेपाली नोट राखि तल कागज तथा पत्रिकाहरू पैसाको आकारमा काटी कागज राखेर बनाईएको पैसाको विटो जस्तो देखिने बण्डल, कैची र पेपर कटर, विभिन्न बैंकहरुको चेक, मोवाईल पाँच थान र स्कुटरसहित निजहरुलाई नियन्त्रणमा लिइएको हो ।
उनिहरुलाई ठगी उद्योग मुद्दामा सात दिनको म्याद लिई मुद्रा सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले बताउनुभयो । साभार
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार