बीरगञ्ज १ मंसिर।
निष्ठा र कठोर ब्रत लिएर मनाइने हिन्दु धर्मावलम्बीहरुको साझा सांस्कृतीक प्रतिविम्बको चाड छठ पर्व शुक्रबार देखि विधिवत सुरु भएको छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाडका रुपमा रहेको छठ पव शुक्रवार बाट विधीवतरुपमा सुरु भएको हो ।
कात्तिक शुक्ल पक्षमा चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन अर्थात शुक्रबारको दिनलाई नहाए खाए (नुहाउने खाने) दिन पनि भन्ने गरिन्छ ।
छठ पर्बको पहिलो दिन शुक्रबार छठका व्रतालुले खोला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा नुहाइ धुवाई गरेर शुद्ध भइ बिहान र बेलुकी लसुन र प्याज नभएको चोखो शाकाहारी खाना खाने गर्छन ।
छठको दोश्रो दिन शनिवार अर्थात् पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ । खरनाका दिन व्रतालु दिनभरि निर्जला व्रत बस्छन् र साँझपख नुहाएर चोखो हुँदै आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको (सख्खर) खीर (रसीआव) तथा गहुँको रोटी प्रसादका रुपमा पकाउँछन् ।
उक्त प्रसाद अर्थात् रसीआव रोटी चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालु उक्त प्रसाद ग्रहण गरेर निर्जला ब्रत बस्छन् ।
तराईमा छठ पूजाको तयारी तिब्र
र्पसा बारा लगायत तराईका जिल्लामा छठ पूजाको तयारी भइराखेको छ । मंसिर ३ गते आईतबार परेको छठ पूजाका लागि मध्य तराईका जिल्लामा छठी घाटमा सरसफाई, सजावट र व्यवस्थापनका काम तिब्र बनाइएकोछ । वीरगन्जको घडीअर्वा पोखरी, स्वीमीङ पुल परिसर, रानीघाट, छपकैया, नगवा, मुर्ली, पिपरा गरि दुई दर्जन भन्दा बढी स्थानमा छठघाट बनाइएको छ ।
यस्तै पर्साको ग्रामीण क्षेत्रका रामगढवा, पोखरीया, बहुअरी, भिस्वा, लंगडी, सेढवा, धोरे, विन्दवासीनी लगायतका गाँउमा रहेका पोखरी, तलाउ र नदी छेउमा पनि छठघाटको सजावटको काम भइरहेको छ ।
मुलुकमै छठपूजाका लागि ख्याती कमाएको वीरगन्जको घडीअर्वा पोखरी परिसरमा छठघाट सजाउने काम विशेष रुपमा भइरहेडको छ ।
घडीअर्वा पोखरी छठघाटमा पन्डाल, बिजुलबत्ती र फूलको सजावटमा मात्रै यसपाली १५ लाख भन्दा बढि रुपैयाँ खर्च गरिएको घडीअर्वा छठपूजा व्यवस्थापन समितिका सचिव लखनलाल साहले बताए । विगतका वर्षहरु भन्दा यसपाली अझ व्यवस्थित र सुन्दरताका साथ छठघाटलाई सजाउने काम भइरहेको सचिव साहले बताए ।
घडीअर्वा छठघाटमा आईतबार साँझ र साेमबार बिहान गरि करिब दुई लाख ५० हजार भन्दा बढि भक्तजन र दर्शनार्थी आउने अनुमान गरिएको समितिका अध्यक्ष दिप कुमार कानुले बताए । छठका ब्रतालु मात्रै चार हजार दुई सय जति यहा आएर छठी माता र सूर्य भगवानको पूजाअर्चना गर्छन ।
छठपूजाका दिन घडीअर्वा छठघाटमा आउने भक्तजन र दर्शनार्थीको सुरक्षाका लागि नेपाल प्रहरी सशस्त्र प्रहरी र घडीअर्वा स्पोटर्स क्लबका स्वयंसेवक परिचालन गर्ने गरि योजना बनाइएको पर्साका प्रहरी उपरिक्षक काेमल साहले जनाए । घडीअर्वा छठको चार वटै प्रवेशद्वारमा सिसिटिभी क्यामेरा जडान गरिने उनले जानकारी दिए ।
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार