April 16, 2026
Parsa, Nepal
देश प्रदेश २ हेडलाइन

सेवाग्राहीकाे सहजताका लागि वीरगन्जको यातायात कार्यालयमा अनलाइन प्रणाली लागु

वीरगन्ज,२१कार्तिक
वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीकाे सहजताका लागि मंगलबारदेखि अनलाईन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । अनाईन प्रणाली सहज हाेस हेतु यातायात व्यवस्था विभाग मधेश प्रदेशले वीरगंज यातायात कार्यलयमा काम गर्ने लेखदास तथा कर्मचारी संग अभिमुकरण कार्यक्रम समेत गरेकाे छ । अनलाईन प्रणालीमा आउने समस्या र यसका समाधानहरुकाे उपायकाे विषयमा छलफल भएकाे अभिमुखिकरण कार्यक्रममा आएका प्रसाशकिय अधिकृत बभिन्द्र कार्किले बताए ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नको लागि सेवाग्राहीले भोगिरहेको झण्झटलाई हटाउन अनलाइन प्रणाली प्रयोगमा ल्याइएको यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख कमल गाैतमले बताए।
मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालय वीरगन्जमा अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएकाे गाैतमले जानकारी दिए।
अनलाइन प्रणाली कार्यान्वयनमा ल्याइएपछि सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने नीति कार्यान्वयनमा समेत सहयोग पुग्ने उनको भनाइ छ।
सरकारले लाइसेन्स प्राप्तिको प्रणाली अनलाइन गरेको बताए पनि अझै बायोमेट्रिक, स्वास्थ्य जाँच, लिखित परिक्षा र ट्रायलको लागि भने कार्यालय वा तोकिएको ठाउँमा उपस्थित हुनुपर्नेछ । प्रणाली पूर्ण रुपमा कार्यान्वयन भएपछि सेवाग्राहीले लिखित तथा प्रयोगात्मक स्थल बाहेक यातायात कार्यालयमा एक पटक मात्र उपस्थित भए पुग्ने व्यवस्था मिलाएको गौतमले बताए ।
कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री र सहज बनाउन यातायात व्यवस्था विभागले साबिकको प्रणालीमा सुधार गरी विद्युतीय सेवा प्रवाह प्रणाली सञ्चालनमा ल्याएको हाे।
अब सवारी चालक अनुमतिपत्रका लागि आवेदन गर्ने, स्वास्थ्य परीक्षण प्रतिवेदन प्राप्त गर्ने, राजस्व भुक्तानी गर्ने लगायतका सेवा अनलाइन प्रणाली बाटै गर्न मिल्ने गाैतमले बताए।
अभिमुखिकरण कार्यक्रममा विभागबाट ३ सदस्यीय टाेलीले प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *