आँबुखैरेनी सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीद्वारा निष्क्रिय
गाेरखा १६ भाद्र । गोरखा बजार नजिकै कट्टेलचोक खोलखोलेस्थित गोरख-आँबुखैरेनी सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ। आज बिहान शंकास्पद वस्तु फेला परेको थियो। शंकास्पद वस्तुसँगै हँसिया हथौडा अङ्कित झण्डा पनि भेटिएको थियो। नेपाल कम्युनिस्ट पार्टीले उक्त शंकास्पद वस्तु राखेको हुन सक्ने प्रहरीकाे अनुमान रहेकाे छ । तस्वीर फेसबुकबाट