May 31, 2026
Parsa, Nepal
देश प्रदेश २ समाज हेडलाइन

राधाकृष्ण मन्दिरको प्राण प्रष्तिठानकाे सांसद अजय चौरसियाद्वारा समुदघाटन

पर्सा २० भाद्र । कृष्ण जन्माष्टमिकाे अवसर पारेर पर्सागढी नगरपालिकामा नव निर्माण भएको राधाकृष्ण मन्दिरको संघीय सांसद अजय चौरसियाले उद्घाटन गरेका छन । भगवान कृष्ण र राधाकाे प्रतिमुर्ति बनाई पर्सागढीको वडा नं ३ मा निर्मित मन्दिरको आज कृष्ण अष्ट्मीको उपलक्ष्यमा प्राण प्रातिषठा गरिएको श्री राधाकृष्ण मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष शम्भु कुवरले बताए ।

सो मन्दिरलाई उद्वघाट्न गर्दै प्रमुख अतिथि सांसद अजय चौरसियाले भगवान कृष्णको जन्माेत्सवकाे अवसरमा आज मन्दिरको उद्वघाट्न भएकोमा धेरै खुशी लागेको बताए। धर्म र अत्याधमसंग जुडेर मात्र हरेक मानिस सफल हुने सांसद चाैरसियाकाे मुल कथन रहेकाे थियाे । आउने दिनमा पर्सा क्षेत्र नं २ मात्र नभई जिल्ला कै विकासको लागि विभिन्न परियोजना ल्याउने उनले बताए।

बुधबार समुद्घाटन गरिएकाे मन्दिर पर्सा क्षेत्र नंबर २(१) का प्रदेश सभा सदस्य श्याम पटेलकाे संसदिय विकास काेषकाे १५ लाख र अन्य चन्दा दाताहरुकाे सहयाेगमा निर्माण गरिएकाे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शम्भु कुवँरले जानकारी दिए।

कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल,पर्सागढी नगरपालिकाका मेयर गाेकर्ण पाठक,बहुदरमाई नगरपालिकाका पुर्वमेयर नितेन्द्र साह,पर्सागढी नगरपालिकाका पुर्वमेयर लाेकनरायण यादव, कांग्रेस पर्साका सह-सचिव मदन यादव, क्षेत्रीय सभापति माेहम्मद साहबुद्दिन,बैकुण्ठ श्रीवास्तव लगायतकाे नेताहरुकाे उपस्थिति रहेकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *