बिरगंज २८ भदौ
बाराको मुसहर्वा नाका अहिले तस्करहरुको लागी सुनौलो अवसर बनेको छ । मुसहर्वा नाका भएर खुल्लमखुल्ला तस्करी गर्न पाइरहेका छन ।
मुसहर्वा नाका पर्सा र बाराको सिमानामा पर्छ । सिमा प्रहरी चौकिमा वरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त थापा कार्यरत छन । सो नाकामा थापा गएदेखि तस्करीको लाइन खुलेको हो । सिमापार भारतिय शहर रक्सौलबाट ल्याएको तस्करीको मालसामान मुसर्वा नाका भएर नेपाल तर्फ भित्रने गरेको छ । बरिष्ठ प्रसनि थापा आफै सक्रिय भएर तस्करीको लाइन दिने गरेका छन । सो नाका भएर लत्ताकपडा ,खाध्यन्न ,सुर्तीजन्य पदार्थ ,मोटर पार्ट ,निर्माण सामाग्री खसी बाेका ठुलो पारिमाणकाे नेपाल तर्फ भित्रने गरेको छ भने नेपाल बाट मदिरा ,कवाडीका सामानहरु भारत तर्फ चोरी निकासी हुने गरेको छ । वरिष्ठ प्रसनि थापा लामो समय देखी बारा पर्साको सिमाबर्ति प्रहरी चौकिमा बसेको कारण ठुलो सानो सबै खाले तस्करहरु सङ्ग राम्रो चिनजान र उठबस छ ।
जस्ले गर्दा तस्करहरुले सिधै थापा सङ्ग सम्पर्क गरेर सेटिङ मिलाउछन । मुसहर्वा नाका अहिले तस्करहरुको लागी तस्करी गर्ने सुबर्ण अबसर बनेको छ । पर्साको बिभिन्न नाकाबाट तस्करी गर्दै आएका तस्करहरुले पनि मुसहर्वा नाका भएर तस्करी गर्न थालेका छन । एक तस्करको भनाई अनुसार पर्सामा भन्दा बारामा प्रहरी प्रशासन मिलाउन सजिलो र सस्तो पर्छ । होहल्ला पनिहुदैन दिनरात माल ओसार्न पाइन्छ ।
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार