बिरगंज २२ भदौ ।
राजश्व छलिको ६० किलो सुन पक्राउ प्रकरणमा सुन चादि ब्यबसायि संघ बारा कलैयाका अध्यक्ष शिव कुमार सर्राफलाइ नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सि आइ बि ले पक्राउ गरेपछि पर्सा ,बारा रौतहटका सुन चादि ब्यापारीहरु त्रसित भएका छन ।
तस्करीको सुन प्रकरणमा आफ्नो पनि नाम मुछिने डरले कोहि ब्यापारी भारत भगेका छन भने कोहि ब्यापारी मोबाईल फोनको स्विच अफ गरेर बसेका छन । सि आइ बि को लिस्टमा यस भेगका नाम चलेका सुन चादि पसल र सन्चालकहरुको नाम रहेको सूचना बाहिरिए सङ्गै यस भेगका सुन चादि ब्यापारीहरु त्रसित भएका हुन ।
समाचर स्रोतको अनुसार ६० किलो तस्करीको सुन प्रकरणमा पक्राउ परेका बारा सुन चादि ब्यबसायि सघंका अध्यक्ष शिव कुमार सर्राफले काठमाडौंको न्युरोड स्थित जय माता दि गोल्ड प्यालेशका सन्चालक पवन अग्रवाल ,सिल्भर हाउसका सन्चालक अभिशेक सराबगि ,कालिमाटीका अमित दारुकाबाट तस्करीको सुन खरिद गरेर पर्सा , बारा ,रौतहट सिराहा , सप्तरी लगाएतका सुन चादि ब्यापारीहरुलाइ बिक्रि गर्ने र भारत समेत पठाउने प्रमाण फेला परेपछि सि आई बिले शिव कुमार सर्राफलाई पक्राउ गरेकाे हाे ।
शिव कुमार सर्राफ पक्राउ परेपछि थप कोकस्लाइ सि आइ बि ले पक्राउ गर्ने हो भनि ब्यबसायिहरु त्रसित अबस्थामा छन ।
बाराका शिव कुमार शर्राफ पक्राउ परे पछि बिरगंजका नाम चलेका ब्यबसायिहरु प्रदीप एन्ड सन्सका सन्चालक रबिन्द्र साह सोनार , के पि स्वर्ण कलाकेन्द्रका सन्चालक कन्हैया साह सोनार ,अभिषेक स्वर्ण रेफ्रेनरि कम्प्युटर प्रा लि आदर्श स्वर्ण कला केन्द्र ,मा बैष्णवि ज्वैलर्स ,सर्राफ ज्वैलर्स ,प्रभुराम ज्वैलर्स ,बिशाल स्वर्ण कलाकेन्द्र ,शङ्कर साह सोनारको सिबि ज्वैलर्स र शिवम ज्वैलर्स ,सन्दिप सर्राफ कला केन्द्रको मा दुर्गे ज्वैलर्स र महालक्ष्मि ज्वैलर्स ,आर एन्ड सन्स र आर के आल्बुनियम प्रा लि लगाएतका ब्यबसायि फर्म र ब्यबसायिहरुको नाम सि आइ बि को लिस्टमा रहेको छ । शिव कुमार सर्राफ पक्राउ परेपछि थप कोकस्लाइ सि आइ बि ले पक्राउ गर्ने हो भनि ब्यबसायिहरु त्रसित अबस्थामा छन ।