May 31, 2026
Parsa, Nepal
देश प्रदेश २ हेडलाइन

बाल सुधारगृह वीरगंजमा विवाद ।

वीरगंज, २७ भदौ
बाल सुधारगृह पर्सामा कैदि बन्दिहरुले बढि यतना पाएकाे भन्दै विवाद गरेका छन । नया कैदिबन्दि तथा नाईकेहरुले दुख दिन लागेकाे भन्दै कैदि बन्दिहरुले विवाद गरि तनाव उत्पन्न गरेका हुन । सुधारगृहमा रहेका बालबन्दीहरूले एक सातादेखि नाइके परिवर्तन गर्नुपर्ने कुराको उठान गर्दै आएका थिए र यस बारेमा सम्बन्धित पक्षले सम्बोधन नगरेपछि गए राति उनीहरूले बवाल गरेका हुन् । बालगृहमा रहेका बन्दीहरूका विवादलाई साम्य पार्न प्रहरीले बाहिरबाट अश्रुग्याँस प्रयोग गरेको थियो ।
राति ९ बजेसम्म सो ठाउँमा विवाद भएको थियो । प्रहरीले घटनालाई नियन्त्रण गर्न अश्रुग्याँस निरन्तर प्रयोग गरिरहेको तर यो समाचार तयार पारुन्जेलसम्म प्रहरीको नियन्त्रणमा बाल सुधारगृह आउन सकेको छैन ।
अहिले सो ठाउँमा ठूलो परिमाणमा प्रहरी तैनाथ गरिएको छ र स्थितिलाई साम्य पार्न प्रयास भइरहेको छ । बाल सुधारगृहमा हाल डेढ सयभन्दा बढी बालकैदिहरु छन् ।
बाल बन्दी बीच भएको झडप मा ९ जना घाईते भएका छन् भने उनीहरुको ढुंगा मुढा प्रहार बाट आधा दर्जन प्रहरी घाईते भएका छन् भने ३ जना प्रहरी नारायणी अस्पतालमा उपचार भैइ रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *