June 6, 2026
Parsa, Nepal

प्रदेश २

देश प्रदेश २ राजनिती हेडलाइन

शहीदको नाममा राजनीति गरेर होइन, सपनाको साकारताबाट मत माग्दै रुंगटा

वीरगंज १६ माघ। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुंगटाले शहीदको नाम र बलिदानमाथि राजनीति गर्ने प्रवृत्तिमाथि तीव्र प्रहार गर्दै आफ्नो राजनीतिक यात्रा शहीदहरूले देखेको सपना साकार पार्न र समुन्नत समाज निर्माणतर्फ केन्द्रित रहने स्पष्ट पारेका छन्। चुनावी अभियानका क्रममा शहीद दिवसलाई लक्षित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै रुंगटाले “धेरैले

Read More
प्रदेश २ राजनिती हेडलाइन

जनताको ढोकामा कांग्रेस — नागवामा अनिल रुंगटाको भरोसाको यात्रा

वीरगंज १५ माघ । पर्सा क्षेत्र नं. १ का नेपाली कांग्रेस उम्मेदवार अनिल कुमार रुंगटा आज नागवा क्षेत्रमा घरदैलो अभियानमा सक्रिय देखिनुभयो। बिहानैदेखि गल्ली–गल्ली पुगेका रुंगटाले स्थानीय जनतासँग प्रत्यक्ष भेट गर्दै आफ्नो एजेन्डा राख्नुभयो र आगामी निर्वाचनमा समर्थनको आग्रह गर्नुभयो। घरदैलो क्रममा रुंगटाले बिगतका राजनीतिक अभ्यासले जनतामा पैदा गरेको निराशा स्वीकार्दै भन्नुभयो, “अब भरोसा भाषणमा

Read More
प्रदेश २ राजनिती हेडलाइन

व्यवसायिक अनुभवलाई देश निर्माणमा लगाउने संकल्पसहित अनिल रुंगटाको चुनावी अपील

पर्सा १३ माघ । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार अनिल कुमार रुंगटाले आफ्नो व्यवसायिक अनुभवलाई राष्ट्रको समुन्नतिमा उपयोग गर्ने प्रतिबद्धतासहित मतदातासमक्ष अनुमोदनको अपेक्षा गरेका छन्। “मेरो व्यवसायिक अनुभवलाई देशको समुन्नतिमा लगाउने आकांक्षा पूरा गर्न निर्वाचन क्षेत्र नं १ पर्साका मतदाताबाट समर्थन चाहन्छु भन्ने उनको चुनावी नाराले विकास, रोजगारी र आर्थिक सशक्तीकरणलाई मुख्य एजेन्डा बनाएको

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

मुस्लिम समुदायको एकताबद्ध संकल्प, अनिल रुंगटालाई जिताउने प्रतिवद्धता

इरफान अली पर्सा १३ माघ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाल मुस्लिम संघ पर्साले पर्सा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुंगटालाई विजयी गराउने उद्देश्यले विशेष चुनावी भेला सम्पन्न गरेको छ। यही फागुन २१ गते हुन लागेको निर्वाचनमा क्षेत्र नं. १ का जनताको आशा र विकासको भरोसा बोकेका उम्मेदवार अनिल रुंगटाको समर्थनमा

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

“मत भावनाले होइन, विवेकले हालौँ — घण्टीले नेपालमा ठूलो दुर्घटना निम्त्याउन सक्छ” :नेकपा उम्मेदवार अजय चौरसिया

पर्सा १२ माघ । नेकपा पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार तथा चार्टर्ड एकाउन्टेन्ट अजय चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ‘घण्टी’ चुनाव चिह्नप्रति गम्भीर चेतावनी दिएका छन्। आफ्नो चुनावी अभियान अन्तर्गत गरिएको सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै चौरसियाले भने, “मत भावनामा होइन, विवेकमा आधारित हुनुपर्छ। घण्टीले देशलाई गलत दिशातर्फ लैजान सक्छ। नेपालले प्रयोगको राजनीति

Read More
प्रदेश २ राजनिती हेडलाइन

कांग्रेस मधेश प्रदेशद्वारा प्रेस विज्ञप्ति जारी — चुनावी रणनीति सार्वजनिक

पर्सा ११ माघ । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आज जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको बैठकपछि औपचारिक प्रेस विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनका लागि पार्टीको चुनावी रणनीति सार्वजनिक गरेको छ। प्रदेश सभापति कृष्ण प्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राखेर मधेशभर

Read More
प्रदेश २ राजनिती हेडलाइन

पर्साको चुनावी मैदान तात्यो: १०९ उम्मेदवार, अनुभवी नेतादेखि नयाँ अनुहारसम्मको भिडन्त

पर्सा, ६ माघ । फागुन २१ नजिकिँदै गर्दा पर्साको राजनीतिक आकाश पूर्ण रूपमा तातेको छ। चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्तासँगै यहाँको चुनावी प्रतिस्पर्धा रोचक मोडमा प्रवेश गरेको छ। कुल १०९ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्, जसमा ४४ जना स्वतन्त्र उम्मेदवारको उपस्थिति यसपटकको निर्वाचनलाई फरक बनाउने संकेत हो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर

Read More
देश प्रदेश २ समाज हेडलाइन

बीरगञ्जमा शान्ति बहालीको प्रयास, आज ४ बजे हिन्दु–मुस्लिम संयुक्त सद्भाव र्‍याली

बीरगञ्ज । पछिल्ला केही दिनदेखि बीरगञ्जमा देखिएको धार्मिक प्रदर्शन, आन्दोलन र त्यसबाट उत्पन्न तनावलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय पर्साले कडा निर्णयहरू लागू गरेको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले परिस्थितिलाई सामान्य बनाउने उद्देश्यसहित आज अपराह्न ४ बजे बीरगञ्ज बजार क्षेत्रमा सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको

Read More
देश प्रदेश २ समाज हेडलाइन

मस्जिदमा तोडफोड र कुरान जलाउने घटनाबाट सुरु भएको धार्मिक उन्मादः TikTok मार्फत सामाजिक सद्भाव बिगार्नेसमेत पक्राउ

धनुषा २१ पुस । धनुषा जिल्लामा मस्जिदमा तोडफोड गरी पवित्र कुरान जलाइएको घटनाबाट सुरु भएको धार्मिक उन्माद फैलाउने प्रयासमा संलग्न व्यक्ति तथा सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेहरूलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधा उपमहानगरपालिका–६ मा रहेको मस्जिदमा तोडफोड गरी मस्जिदभित्र रहेका कागजात तथा पवित्र कुरान जलाइएको घटनाले जिल्लाको सामाजिक सद्भावमा खलल पुर्‍याउने

Read More
प्रदेश २ समाज स्वास्थ्य हेडलाइन

पर्सा–बारामा हैजा नियन्त्रणका लागि व्यापक खोप अभियान सुरु, स्वास्थ्यकर्मी र स्थानीय निकाय पूर्ण सक्रिय

वीरगंज २६ असाेज । डेढ महिनादेखि पर्सा र बारा जिल्लामा फैलिएको हैजा र झाडापखालाको जोखिम अझै उच्च रहँदा, नेपाल सरकारले असोज २६ गतेदेखि व्यापक हैजा विरुद्धको खोप अभियान सुरु गरेको छ। वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित औपचारिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले स्वास्थ्यकर्मीको हातबाट खोप खाएर अभियानको शुभारम्भ गरेका थिए । उनले खोप

Read More