पर्सा २४ माघ ।
पर्सा क्षेत्र नम्बर–२ मा एमालेको चुनावी अभियान उम्मेदवारभन्दा बढी नेतृत्वको तनावले चर्चामा आएको छ। पार्टीबाट नयाँ प्रवेशी उम्मेदवार रिमा कुमारी यादवलाई दक्ष र प्रभावकारी उम्मेदवारका रूपमा स्थापित गर्न नसकिएको भन्दै पूर्व मेयर विजय सरावगी गहिरो दबाबमा परेको उनका नजिकका स्रोतहरूले बताएका छन्। चुनावी प्रचारका क्रममा रिमा यादवले आफ्ना एजेन्डा स्पष्ट रूपमा राख्न नसक्नु, जनतासँग प्रत्यक्ष संवादमा कमजोर देखिनु र राजनीतिक पकड नदेखिनु एमालेभित्रै गुनासोको विषय बनेको छ। यही कमजोरीका कारण चुनावी नतिजाको सम्पूर्ण भार सरावगीको काँधमा परेको स्रोतको दाबी छ।‘उम्मेदवार कमजोर, जिम्मेवारी मेरो टाउकोमा’ एमालेका एक स्थानीय नेताका अनुसार“रिमा यादव आफैंले मतदातालाई विश्वस्त पार्न नसक्दा संगठन चलाउने र माहोल बनाउने सम्पूर्ण काम सरावगीले गर्नुपरेको छ। उम्मेदवार दक्ष नदेखिँदा नेतृत्व स्वाभाविक रूपमा तनावमा पर्छ।”
ओलीको निर्देशनपछि बढेको दबाब पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्पष्ट निर्देशनपछि पर्सा–२ मा जसरी पनि नतिजा निकाल्नुपर्ने बाध्यता सरावगीमाथि थपिएको बताइन्छ। यही कारण उनी लगातार बैठक, समन्वय र रणनीतिक भेटघाटमा व्यस्त छन्। स्रोतका अनुसार, अत्यधिक दबाबकै कारण सरावगीको रातको निन्द्रासमेत प्रभावित भएको छ।
उनको किचन क्याबिनेटका एक सदस्य भन्छन्,“उम्मेदवारले आफैं बोझ उठाउन नसक्दा सरावगीलाई सबै सम्हाल्नुपरेको छ। त्यसैले उहाँ तनावमा देखिनु अस्वाभाविक होइन।”
चुनावी असर पर्ने संकेत राजनीतिक विश्लेषकहरू भन्छन्, उम्मेदवारको दक्षतामाथि प्रश्न उठिरहँदा ‘फेस भ्यालु’ कमजोर र ‘ब्याकअप फोर्स’ बलियो देखिनु मतदाताका लागि नकारात्मक सन्देश हुन सक्छ। पर्सा–२ मा एमालेले यही चुनौतीसँग जुधिरहेको संकेत देखिएको छ। स्पष्ट रूपमा भन्नुपर्दा,रिमा यादवको राजनीतिक दक्षतामाथि उठेको प्रश्नले यो चुनाव केवल प्रतिस्पर्धाको होइन, सरावगीको राजनीतिक साख जोगाउने लडाइँसमेत बनेको छ।
देश
प्रदेश २
राजनिती
समाज
हेडलाइन
रिमा यादवको दक्षतामाथि प्रश्न, नतिजाको डरले सरावगी तनावमा
- २५ माघ २०८२, शनिबार
- 532 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार