पर्सा १६ माघ ।
शहीद दिवसको अवसरमा पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार तथा चार्टर्ड एकाउन्टेन्ट अजय चौरसियाले आज वीरगञ्जस्थित घण्टाघरको शहीद पार्कसहित विभिन्न शहीद स्मारकस्थलमा पुगेर शहीदहरूको सालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै चौरसियाले राष्ट्रको स्वतन्त्रता, लोकतन्त्र र नागरिक अधिकारका लागि बलिदान दिएका शहीदहरूको योगदान राष्ट्रनिर्माणको आधार स्तम्भ भएको उल्लेख गरे। उनले शहीदहरूले देखाएको साहस, त्याग र समर्पणकै कारण देश लोकतान्त्रिक मार्गमा अघि बढ्न सफल भएको बताए।
चौरसियाले शहीदका सपना साकार पार्न पारदर्शिता, सुशासन र विकासमुखी राजनीतिलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै पर्सा क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै उनले युवाहरूलाई सकारात्मक परिवर्तनको नेतृत्व लिन आह्वानसमेत गरे।
श्रद्धाञ्जली कार्यक्रममा स्थानीय नागरिक, युवाहरू, समाजसेवी तथा पार्टीका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले शहीदप्रति मौनधारण गर्दै सम्मान प्रकट गरेका थिए।
शहीद दिवसको अवसरमा पर्सा जिल्लामा विभिन्न सचेतनामूलक कार्यक्रम, पुष्पाञ्जली तथा श्रद्धाञ्जली सभामार्फत शहीद दिवस मनाइएको छ।
प्रदेश २
राजनिती
हेडलाइन
शहीद दिवसमा अजय चौरसियाद्वारा शहीदप्रति श्रद्धाञ्जली शहीदका सपना सुशासन र विकासबाट मात्रै पूरा हुन्छ
- १७ माघ २०८२, शुक्रबार
- 212 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार