वीरगंज १८ माघ । पर्सा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुंगटाले पिपरा गाउँका अगुवा कार्यकर्तासँगको भेटघाटमा पुरानो ढर्राको राजनीति त्यागेर जनमुखी सेवामा केन्द्रित हुने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै रुंगटाले भने, “अब बन्द कोठामा बसेर राजनीति गर्ने समय सकियो। जनताकै बीचमा बसेर, जनताकै लागि सेवा गर्ने मेरो लक्ष्य हो।” उनले पुरानो पारिपाटीको राजनीति अब आवश्यक नरहेको उल्लेख गर्दै प्रत्यक्ष संवाद र सहभागितामूलक राजनीतिलाई प्राथमिकता दिनुपर्ने बताए।
रुंगटाले “Men to Men” भेटघाटमार्फत जनताका समस्या, चाहना र अपेक्षा बुझ्न जरुरी रहेको बताउँदै, आफू सधैं जनतासँगै रहने प्रतिबद्धता जनाए। पर्सा क्षेत्र नं. १ अन्तर्गत विशेषगरी पिपरा–बासिलाई शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था सुधार गर्ने ठोस योजना सहित अघि बढ्ने उनले स्पष्ट पारे।
कार्यक्रममा पिपराका बूथ सभापति विशेश्वर प्रसाद पटेल, विशेष अतिथिका रूपमा नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, साथै वीरगञ्ज, पिपरा र गण्डक क्षेत्रका कांग्रेसका अगुवा नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय कार्यकर्ताहरूले पनि रुंगटाको जनमुखी सोच र प्रत्यक्ष संवादको पहललाई सकारात्मक रूपमा लिँदै चुनावी अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
देश
राजनिती
हेडलाइन
पिपरामा अनिल रुंगटाको स्पष्ट सन्देश: बन्द कोठाबाट होइन, जनताकै बीचमा बसेर राजनीति
- १९ माघ २०८२, आईतवार
- 271 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार