वीरगञ्ज २६ माघ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले मधेस प्रदेशमा संगठन र प्रचार संयन्त्रलाई थप सशक्त बनाएको छ। सोही क्रममा महम्मद साहबुदिनलाई मधेस प्रदेश स्तरीय मिडिया डेक्स तथा चुनाव प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन गरिएको छ।
नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवले साहबुदिनलाई उक्त जिम्मेवारी प्रदान गरेका हुन्। पार्टी संगठनभित्र सक्रिय र भरोसायोग्य नेताका रूपमा चिनिएका साहबुदिन हाल नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय सभापति समेत हुन्।
पार्टी स्रोतका अनुसार, साहबुदिन कांग्रेसप्रतिको लगनशीलता, संगठनप्रति निष्ठा र विभिन्न तहबीच समन्वय गर्न सक्ने क्षमताका कारण मिडिया डेक्समा समेटिएका हुन्। विगतदेखि नै पार्टीका कार्यक्रम, अभियान र संगठन विस्तारमा सक्रिय रहँदै आएका साहबुदिनले स्थानीय कार्यकर्ता, युवा तथा सञ्चारकर्मीहरूसँग प्रभावकारी समन्वय गर्दै आएका छन्।
मधेस प्रदेश स्तरीय मिडिया डेक्स तथा चुनाव प्रचार–प्रसार समितिको संयोजकमा नितेश कुमार गुप्ता रहेका छन्। उक्त समितिको उद्देश्य फागुन २१ को निर्वाचनमा मधेस प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरूलाई जित सुनिश्चित गर्न प्रचार रणनीति, सञ्चार व्यवस्थापन र जनसम्पर्कलाई प्रभावकारी बनाउने रहेको कांग्रेसले जनाएको छ।
कांग्रेस मधेस प्रदेश समितिले मिडिया र जनसम्पर्कलाई चुनावी रणनीतिको केन्द्रमा राख्दै संगठनात्मक रूपमा थप सक्रिय हुने संकेतसमेत दिएको छ।
देश
प्रदेश २
राजनिती
हेडलाइन
फागुन २१ को निर्वाचन लक्षित गर्दै कांग्रेस मधेसको मिडिया डेक्समा महम्मद साहबुदिन मनोनित
- २७ माघ २०८२, सोमबार
- 279 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार