September 7, 2026
Parsa, Nepal

प्रदेश २

देश प्रदेश २ राजनिती हेडलाइन

५ दिनपछि फैसला: पर्सामा मतदाता के चाहन्छन्?

वीरगंज १६ फागुन। आगामी निर्वाचनका लागि मतदान हुन अब मात्र ५ दिन बाँकी रहँदा पर्सा जिल्लामा चुनावी गतिविधि तीव्र बनेको छ। प्रमुख राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू घरदैलो, कोणसभा र जनसम्पर्क अभियानमा व्यस्त छन्। तर, प्रचार–प्रसारको चहलपहलबीच मतदाताको मन भने अझै खुलेको देखिँदैन। अघिल्ला निर्वाचनको तुलनामा यसपटक मतदातामा उत्साह कम र सोच–विचार बढी देखिएको छ।

Read More
देश प्रदेश २ राजनिती समाज हेडलाइन

स्थानीय राजनीतिमा टर्निङ पोइन्ट, मनोज–सहाबुद्दिन एक भएपछि कांग्रेस बलियो

वीरगंज १४ फाल्गुन । वडा नम्बर १ को चुनावी राजनीतिमा निर्णायक मानिने मनोज–सहाबुद्दिनको जोडी पुनः एकजुट भएसँगै नेपाली कांग्रेसको चुनावी अभियानले नयाँ गति लिएको छ। यही जोडीको सक्रिय समर्थनले कांग्रेस उम्मेदवार अजय चौरसियालाई फेरि जिततर्फ डोर्‍याउने आधार बलियो बनेको स्थानीय राजनीतिक वृत्तको विश्लेषण छ। विगतमा नेपाली कांग्रेससँग असन्तुष्ट हुँदै जनता समाजवादी पार्टीबाट वडा अध्यक्षमा निर्वाचित

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

वीरगंजकाे हैजा स्मृतिमा, चुनावी मञ्चमा ‘पानी’को दाबी: प्रदीप यादवमाथि जवाफदेहिताको चर्को बहस

वीरगंज १० फाल्गुन । पर्साको चुनावी मैदानमा अहिले सबैभन्दा संवेदनशील मुद्दा खानेपानी बनेको छ। विभिन्न दल परित्याग गर्दै अन्ततः नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरी प्रतिनिधिसभा सदस्यका लागि टिकट पाएका प्रदीप यादवले आफ्ना सभाहरूमा “म नहुँदा पर्सामा पानीको ठूलो हाहाकार हुन्थ्यो” भन्ने दाबी दोहोर्याइरहेका छन्। तर वीरगंजमा विगतमा देखिएको हैजा प्रकरण र दूषित पानीसम्बन्धी

Read More
देश प्रदेश २ राजनिती समाज हेडलाइन

आर्थिक नगरी वीरगञ्जमा भुइँमान्छेहरूको पीडा: चुनावी घोषणापत्रमा आफ्ना मुद्दा ओझेलमा परेको गुनासो

वीरगंज  १० फाल्गुन । देशकै आर्थिक केन्द्रका रूपमा चिनिने वीरगञ्जमा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल तातेको छ। मुख्य दलहरू घरदैलो, सभा–सम्मेलन र सामाजिक सञ्जालमार्फत मतदातालाई आकर्षित गर्न व्यस्त छन्। तर यही शहरका दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने भुइँमान्छेहरू भने चुनावी माहोलबाट खासै उत्साहित देखिएका छैनन्। उनीहरूको भनाइ छ— घोषणापत्रमा ठूला–ठूला योजना र

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

वाचा एकातिर, नियुक्ति र सरुवाको चर्चा अर्कोतिर ? पर्सा–१ मा प्रदीप यादवमाथि बढ्दो असन्तोष।

पर्सा २ फागुन । प्रतिनिधि सभा निर्वाचनको समयमा रोजगारी सिर्जना, युवा विदेश पलायन रोक्ने, स्वास्थ्य सेवा सुधार गर्ने र आधारभूत पूर्वाधार विस्तारलाई मुख्य एजेन्डा बनाएर मतदातासामु पुगेका पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप यादवप्रति पछिल्लो समय जनस्तरमा असन्तोष बढ्दै गएको चर्चा छ। निर्वाचनअघि “युवा घरमै रोजगारी” र “सुलभ स्वास्थ्य सेवा” जस्ता प्रतिबद्धता सार्वजनिक रूपमा

Read More
प्रदेश २ राजनिती हेडलाइन

रास्वपा उम्मेदवार सुशिल साह कानुको नाम जोडिँदै : मदन गुप्ताको भन्सार छल आशंकित सञ्जालमा निकट व्यक्तिहरू पक्राउ, मुख्य आरोपित फरार

वीरगञ्ज ०१ फाल्गुन । वीरगञ्जमा ट्रान्सपोर्टेशन व्यवसायको आवरणमा कपडा भित्र्याई भन्सार प्रक्रिया छलिएको आशंकामा गरिएको छापा कारबाहीपछि राजनीतिक वृत्तसमेत तातेको छ। “रून्चे मदन” उपनामले चिनिने मदन गुप्ता मुख्य आरोपितका रूपमा फरार रहेका छन् भने स्रोतहरूले रास्वपा पर्सा क्षेत्र नं. २ का उम्मेदवार सुषिल साह कानुसँग निकट भनिएका केही व्यक्तिहरू पक्राउ परेको बताएका छन्। सशस्त्र प्रहरी

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

ओली विरोधबाट सीट सुरक्षित गर्दै प्रदीप, ‘Gen Z’ कार्ड खेल्दै रिमा: पर्सामा एमालेको दुईतरफे रणनीति

वीरगंज २८ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मुलुककै चर्चित र ‘स्टार प्रचारक’ नेतामध्ये एक हुन्। तर यही ओलीको तस्वीर पर्सा जिल्लाका एमाले उम्मेदवारहरूको चुनावी पोस्टरमा नदेखिनु अहिले राजनीतिक वृत्तमा चासो र बहसको विषय बनेको छ। सामान्यतया चुनावी माहोलमा पार्टी अध्यक्षको तस्वीर उम्मेदवारको शक्ति र पहिचानको प्रतीक मानिन्छ । तर

Read More
देश प्रदेश २ समाज सम्पादकीय हेडलाइन

दर्जनौँ चेकपोस्ट हुँदाहुँदै अवैध गोदाम शहरमै कसरी चल्यो ?

वीरगंज २७ माघ । पर्सा जिल्लाको १०८ किलोमिटर खुला सीमा र त्यसमा खटिएको सुरक्षा संयन्त्र फेरि एकपटक गम्भीरप्रश्नको घेरामा परेको छ। सीमा सुरक्षाको पहिलो जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल (एपीएफ), त्यसपछि नेपाल प्रहरी र भन्सार कार्यालयको उपस्थितिका बाबजुद वीरगञ्जजस्तो संवेदनशील व्यापारिक केन्द्रमा अवैध रूपमा गोदाम सञ्चालन हुनु र त्यसको छानबिनका क्रममा सुरक्षाकर्मीमाथि नै आक्रमण हुनु

Read More
प्रदेश २ राजनिती हेडलाइन

पर्सा–१ मा अनिल रुङ्टाको घरदैलो अभियान, श्रीपुर मुर्लीमा जनउत्साहको लहर

पर्सा २६ माघ ।पर्सा निर्वाचन क्षेत्र नं. १ मा चुनावी माहोल तातिँदै जाँदा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङ्टाको नेतृत्वमा वीरगंज महानगरपालिका अन्तर्गत श्रीपुर र मुर्ली क्षेत्रमा घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। घरदैलो अभियानका क्रममा रुङ्टाले स्थानीय टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए।उनले आफ्नो राजनीतिक प्रतिबद्धता, क्षेत्र विकासका प्राथमिकता र भावी योजनाबारे खुलेर

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

फागुन २१ को निर्वाचन लक्षित गर्दै कांग्रेस मधेसको मिडिया डेक्समा महम्मद साहबुदिन मनोनित

वीरगञ्ज २६ माघ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले मधेस प्रदेशमा संगठन र प्रचार संयन्त्रलाई थप सशक्त बनाएको छ। सोही क्रममा महम्मद साहबुदिनलाई मधेस प्रदेश स्तरीय मिडिया डेक्स तथा चुनाव प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन गरिएको छ। नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवले साहबुदिनलाई उक्त जिम्मेवारी प्रदान गरेका हुन्।

Read More