पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा बुद्धिप्रसाद पन्त निर्वाचित
वीरगंज २३ फागुन । पर्सा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै रहेको छ। जारी मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नम्बर १ मा रास्वपाका बुद्धिप्रसाद पन्त २७ हजार २७४ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। त्यसैगरी पर्सा क्षेत्र नम्बर २ मा रास्वपाका सुशील साह कानुले २६ हजार ३६४ मतसहित आफ्नो अग्रता