पर्सा २ फागुन ।
प्रतिनिधि सभा निर्वाचनको समयमा रोजगारी सिर्जना, युवा विदेश पलायन रोक्ने, स्वास्थ्य सेवा सुधार गर्ने र आधारभूत पूर्वाधार विस्तारलाई मुख्य एजेन्डा बनाएर मतदातासामु पुगेका पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप यादवप्रति पछिल्लो समय जनस्तरमा असन्तोष बढ्दै गएको चर्चा छ।
निर्वाचनअघि “युवा घरमै रोजगारी” र “सुलभ स्वास्थ्य सेवा” जस्ता प्रतिबद्धता सार्वजनिक रूपमा व्यक्त गरिए पनि कार्यकालमा ती विषय अपेक्षाअनुसार प्राथमिकतामा नपरेको स्थानीयहरूको गुनासो रहेको छ। विशेषगरी रोजगारी श्रृजनातर्फ ठोस कार्यक्रम नआएको र विदेश पलायन रोक्ने विषय नारा मै सीमित भएको आरोप उठिरहेको छ।
राजनीतिक वृत्तमा चलिरहेको चर्चाअनुसार, सांसद निर्वाचित भएपछि मन्त्री पदको दौडधुपमा बढी सक्रियता देखिएको र मन्त्रालय सम्हालेपछि नीतिगत सुधारभन्दा प्रशासनिक संरचना फेरबदलमा बढी ध्यान दिइएको पाईएको छ।
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका बेला सेवाको गुणस्तर सुधारभन्दा संघ सरकार अन्तरगत रहेको नारायणी अस्पताल लगायत कर्मचारी सरुवा, हाकिम परिवर्तन तथा आन्तरिक पुनर्संरचनामा बढी ऊर्जा खर्च भएको भन्ने आरोप सरोकारवालामाझ सुनिन थालेको छ।
त्यसैगरी खानेपानी मन्त्रालय सम्हालेपछि पनि योजनाको प्रभावकारी कार्यान्वयनभन्दा निकट व्यक्तिहरूलाई अवसर दिने, प्रभाव क्षेत्र विस्तार गर्ने र नियुक्ति प्रक्रियामा आफ्ना विश्वासपात्रलाई प्राथमिकता दिने प्रवृत्ति देखिएको भन्ने जनगुनासो बढ्दो छ।
केही स्थानीय स्रोतहरूले योजना वितरणमा पारदर्शिता कमजोर भएको र विकास बजेट आफ्ना निकट समूहमा केन्द्रित भएको दाबी गरेका छन्। यद्यपि, यी सबै आरोपबारे प्रदीप यादव वा उहाँको सचिवालयबाट औपचारिक प्रतिक्रिया आएको छैन। निकट स्रोतहरूले भने निर्णयहरू नीतिगत आवश्यकताअनुसार गरिएको र विकास योजनाहरू कार्यान्वयनकै चरणमा रहेको दाबी गर्दै आएका छन्।
तर पर्सा–१ का मतदातामाझ अहिले उठिरहेको मूल प्रश्न भने एउटै छ । चुनावी प्रतिबद्धता कति कार्यान्वयन भयो? नियुक्ति र योजना वितरण कति पारदर्शी रह्यो? आगामी निर्वाचन नजिकिँदै जाँदा यी प्रश्नहरूले राजनीतिक माहोल थप तातिने संकेत देखिएको छ।
देश
प्रदेश २
राजनिती
हेडलाइन
वाचा एकातिर, नियुक्ति र सरुवाको चर्चा अर्कोतिर ? पर्सा–१ मा प्रदीप यादवमाथि बढ्दो असन्तोष।
- २ फाल्गुन २०८२, शनिबार
- 339 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार