April 16, 2026
Parsa, Nepal

राजनिती

देश राजनिती हेडलाइन

शेरबहादुर देउवा : योगदानले बनाएको नायक, ओली र आरजुले बनाएका खलनायक

वीरगंज ६ असाेज । नेपाली राजनीतिमा शेरबहादुर देउवाको नाम ठूलो छ। उनले विद्यार्थी जीवनदेखि नै लोकतन्त्रको आन्दोलनमा भाग लिए। पाँचपटक प्रधानमन्त्री बनेर देशलाई संकटबाट निकाल्ने काम गरे। शान्ति प्रक्रिया अघि बढाउन, संविधान कार्यान्वयनमा सहजीकरण गर्न र गणतन्त्रलाई संस्थागत गर्न उनको योगदान महत्वपूर्ण मानिन्छ। तर आज, त्यही देउवा आफ्नै देशमा ‘दुर्दशाग्रस्त’ नेताको रूपमा चिनिँदै छन् ।

Read More
देश राजनिती हेडलाइन

संसद् विघटन : कार्की प्रधानमन्त्री, चुनाव फागुन २१ मा

काठमाडौं । मुलुक फेरि एकपटक चुनावी यात्रामा उभिएको छ । शुक्रबार राति देशको राजनीतिक समीकरण उल्टिएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन्। जेनजी आन्दोलनले सिर्जना गरेको जनदबावपछि संविधानमै निहित अधिकार प्रयोग गर्दै राष्ट्रपति पौडेलले कार्कीलाई मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त गरेका हुन्। कार्कीको सिफारिससँगै राति ११ बजेदेखि

Read More
देश राजनिती हेडलाइन

नेपालमा पहिलो महिला प्रधानमन्त्री : सुशीला कार्कीले शपथ ग्रहण गरिन् ।

काठमाडौं २७ भदाै । नेपालमा पहिलोपटक महिला प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । उनी देशको ४२औँ प्रधानमन्त्री बनेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । कार्कीको शपथग्रहण कार्यक्रममा सरकारका उच्च अधिकारी, राजनीतिक दलका शीर्ष नेताहरु र संवैधानिक

Read More
देश राजनिती हेडलाइन

निकासको बाटो संविधानमै छ । शीतल निवासको भेटले दिएको सन्देश ।

काठमाडौं २५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभा सभामुख देवराज घिमिरेबीच बिहीबार शीतल निवासमा भेटवार्ता भएको छ। विहिवार भएको भेटमा पछिल्लो राजनीतिक परिस्थितिको निकास, संसदको भूमिका र संविधानको मार्गचित्रबारे छलफल केन्द्रित भएको बताइएको छ। सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार, सभामुख घिमिरेले भेटमा संसद चलाउनुपर्ने र तत्काल बोलाउनुपर्ने धारणा राखेका थिए। उनले मुलुकलाई संकटबाट

Read More
देश राजनिती समाज हेडलाइन

संविधान बचाउन युवाहरू एकजुट हुनुपर्नेमा वीरगञ्जमा जोड

वीरगंज २५ भदौ  । निषेधाज्ञाबीच वीरगञ्जको घण्टाघरमा बिहीबार साँझ नेपाली कांग्रेस निकट युवाहरूले संविधानको किताब हातमा लिएर प्रदर्शन गरेका छन्। संविधान र लोकतान्त्रिक व्यवस्थाको संरक्षण मागसहित उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्नुपर्ने आवाज पनि उठाए। घण्टाघर परिसरमा भेला भएका युवाहरूले संविधान नै सर्वोच्च मूल्य भएको र यसको रक्षाका लागि देशभरका युवाहरू एकजुट हुनुपर्नेमा जोड दिए।

Read More
देश राजनिती हेडलाइन

कांग्रेस महामन्त्रीहरूको सशक्त अपील : “संविधान बचाऔँ, युवाको आवाजलाई सम्मान गरौँ”

काठमाडौं २५ भदाै । देशभर लोकतन्त्रप्रति चासो र युवाको असन्तोष चुलिँदै जाँदा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संविधान र जनभावनाको रक्षाका लागि स्पष्ट सन्देश दिएका छन्। संयुक्त विज्ञप्ति मार्फत उनीहरूले “आवश्यकताको सिद्धान्त” भन्दै संविधान मिच्ने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। “संविधान गम्भीर अवस्थामा छ, त्यसको रक्षा हाम्रो साझा कर्तव्य हो,” भन्ने तिक्त

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

गृहमन्त्री लेखकको विरगञ्जमा सम्बोधन : “लिपुलेक हाम्रो भूभाग, संविधानको रक्षा सबैको कर्तव्य

विरगंज १६ भदाै । नेपाल प्रेस युनियन पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री रमेश लेखकले सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको विदेश भ्रमणबारे जानकारी दिए। उनले प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा लिपुलेक नेपालकै भूभाग भएको प्रस्ट पारेको उल्लेख गर्दै, “आफ्नो भाग आफैं हो भन्नाले भारत वा चीन कसैको टाउको दुख्दैन” भन्ने स्पष्ट सन्देश दिएको

Read More
राजनिती हेडलाइन

बिहार निर्वाचनमा ठूलो विवाद: विपक्षी नेता तेजस्वी यादवको समेत नाम मतदाता सूचीबाट हटाइयो ।

पर्सा १७ श्रावण । विहारमा आसन्न विधानसभा निर्वाचनलाई लिएर राजनीतिक माहोल तातिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ मतदाता सूचीको प्रारम्भिक मस्यौदामा ६५ लाख मतदाताको नाम हटाइएकाे पुष्टि भएपछि विवाद चुलिएको छ। विशेषगरी प्रमुख विपक्षी नेता तथा पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवका सुपुत्र तेजस्वी यादवको नामसमेत सूचीबाट हटाइएको समाचार बाहिरिएपछि यसले गम्भीर रूप लिएको छ।निर्वाचन

Read More
देश प्रदेश २ राजनिती समाज हेडलाइन

प्रमुख जिल्ला अधिकारीलाइ काग्रेसको ज्ञापन-पत्र । किर्ते नागरिकता मुद्दामाथि छानबिन गरि कार्वाही गर्न माग ।

बीरगंज ०८ जेठ । नेपाली काग्रेस पर्साले पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएर बीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहको किर्ते कागज र नागरिकता मुद्दामा कार्वाही गर्न र शुक्रबारको घटनाको छानबिन गरि दाेषीलाई कानुनी कटघरामा ल्याउन माग गरेको छ । नेपाली काग्रेस पर्साका सभापति तथा मधेस प्रदेशसभा सदस्य जनार्दन सिह क्षेत्रीको नेतृत्वमा गएको प्रतिनिधि मन्डलले

Read More
देश राजनिती हेडलाइन

प्र.म प्रचण्डकाे चुनाैतिलाई कांग्रेसको जवाफः तपाईंलाई जंगलबाट राजनीतिमा कांग्रेसले ल्याएको हो, बिर्सिनु भयो?

बिरगंज ०७ जेठ । वर्तमान सत्तारुढ दल नेकपा माओवादीलाई नेपाली कांग्रेस पार्टीले प्रधानमन्त्री ‘प्रचण्ड’लाई जवाफ फर्काएको छ। सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा कांग्रेसले अवरोध गरेपछि प्रधानमन्त्री प्रचण्डले ‘इतिहासमा चर्को मूल्य चुकाउनुपर्ने’ कांग्रेसलाई चुनौती दिएका थिए।प्रतिनिधिसभा बैठकपछि बसेको संसदीय दलको बैठकको निर्णय सुनाउँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीररुपले ध्यान आकृष्ट भएको

Read More