September 6, 2026
Parsa, Nepal

देश

देश राजनिती हेडलाइन

पिपरामा अनिल रुंगटाको स्पष्ट सन्देश: बन्द कोठाबाट होइन, जनताकै बीचमा बसेर राजनीति

वीरगंज १८ माघ । पर्सा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुंगटाले पिपरा गाउँका अगुवा कार्यकर्तासँगको भेटघाटमा पुरानो ढर्राको राजनीति त्यागेर जनमुखी सेवामा केन्द्रित हुने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै रुंगटाले भने, “अब बन्द कोठामा बसेर राजनीति गर्ने समय सकियो। जनताकै बीचमा बसेर, जनताकै लागि सेवा गर्ने मेरो लक्ष्य

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

शहीदको नाममा राजनीति गरेर होइन, सपनाको साकारताबाट मत माग्दै रुंगटा

वीरगंज १६ माघ। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुंगटाले शहीदको नाम र बलिदानमाथि राजनीति गर्ने प्रवृत्तिमाथि तीव्र प्रहार गर्दै आफ्नो राजनीतिक यात्रा शहीदहरूले देखेको सपना साकार पार्न र समुन्नत समाज निर्माणतर्फ केन्द्रित रहने स्पष्ट पारेका छन्। चुनावी अभियानका क्रममा शहीद दिवसलाई लक्षित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै रुंगटाले “धेरैले

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

मुस्लिम समुदायको एकताबद्ध संकल्प, अनिल रुंगटालाई जिताउने प्रतिवद्धता

इरफान अली पर्सा १३ माघ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाल मुस्लिम संघ पर्साले पर्सा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुंगटालाई विजयी गराउने उद्देश्यले विशेष चुनावी भेला सम्पन्न गरेको छ। यही फागुन २१ गते हुन लागेको निर्वाचनमा क्षेत्र नं. १ का जनताको आशा र विकासको भरोसा बोकेका उम्मेदवार अनिल रुंगटाको समर्थनमा

Read More
देश प्रदेश २ राजनिती हेडलाइन

“मत भावनाले होइन, विवेकले हालौँ — घण्टीले नेपालमा ठूलो दुर्घटना निम्त्याउन सक्छ” :नेकपा उम्मेदवार अजय चौरसिया

पर्सा १२ माघ । नेकपा पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार तथा चार्टर्ड एकाउन्टेन्ट अजय चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ‘घण्टी’ चुनाव चिह्नप्रति गम्भीर चेतावनी दिएका छन्। आफ्नो चुनावी अभियान अन्तर्गत गरिएको सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै चौरसियाले भने, “मत भावनामा होइन, विवेकमा आधारित हुनुपर्छ। घण्टीले देशलाई गलत दिशातर्फ लैजान सक्छ। नेपालले प्रयोगको राजनीति

Read More
देश राजनिती हेडलाइन

नवनिर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिद्वारा पदभार ग्रहण, गगन थापा भन्छन् — ‘बी.पी.को कुर्सी सजिलो, जिम्मेवारी विशाल’

वीरगंज ९ माघ। नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिले आज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा औपचारिक रूपमा पदभार ग्रहण गरेको छ। पदभार ग्रहण कार्यक्रममा पार्टी सभापति गगनकुमार थापा, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यभार सम्हालेपछि सम्बोधन गर्दै सभापति थापाले पार्टी नेतृत्व सम्हाल्नु गौरवपूर्ण तर अत्यन्त जिम्मेवारीपूर्ण कार्य भएको बताए। उनले भने, “बी.पी.

Read More
देश प्रदेश २ समाज हेडलाइन

बीरगञ्जमा शान्ति बहालीको प्रयास, आज ४ बजे हिन्दु–मुस्लिम संयुक्त सद्भाव र्‍याली

बीरगञ्ज । पछिल्ला केही दिनदेखि बीरगञ्जमा देखिएको धार्मिक प्रदर्शन, आन्दोलन र त्यसबाट उत्पन्न तनावलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय पर्साले कडा निर्णयहरू लागू गरेको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले परिस्थितिलाई सामान्य बनाउने उद्देश्यसहित आज अपराह्न ४ बजे बीरगञ्ज बजार क्षेत्रमा सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको

Read More
देश प्रदेश २ समाज हेडलाइन

मस्जिदमा तोडफोड र कुरान जलाउने घटनाबाट सुरु भएको धार्मिक उन्मादः TikTok मार्फत सामाजिक सद्भाव बिगार्नेसमेत पक्राउ

धनुषा २१ पुस । धनुषा जिल्लामा मस्जिदमा तोडफोड गरी पवित्र कुरान जलाइएको घटनाबाट सुरु भएको धार्मिक उन्माद फैलाउने प्रयासमा संलग्न व्यक्ति तथा सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेहरूलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधा उपमहानगरपालिका–६ मा रहेको मस्जिदमा तोडफोड गरी मस्जिदभित्र रहेका कागजात तथा पवित्र कुरान जलाइएको घटनाले जिल्लाको सामाजिक सद्भावमा खलल पुर्‍याउने

Read More
देश हेडलाइन

भद्रपुर विमान दुर्घटना : कारण पत्ता लगाउन प्राविधिक टोली सक्रिय

पुस १८ काठमाण्डाै । झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट चिप्लिएको बुद्ध एयरको विमान दुर्घटनाबारे छानबिन सुरु गरिएको छ। घटनाको कारण पत्ता लगाउन काठमाडौँबाट प्राविधिकसहितको टोली झापातर्फ प्रस्थान गरेको छ। शुक्रबार राति ९एन–एमएफ कलसाइन भएको बुद्ध एयरको एटीआर–७२ विमान अवतरण गर्ने क्रममा नियन्त्रण गुमाउँदै रनवे बाहिर पुगेको थियो। दुर्घटनापछि नागरिक उड्डयन प्राधिकरण, बुद्ध एयर र

Read More
देश समाज हेडलाइन

उदाउँदो सूर्यका साथ सम्पन्न भयो श्रद्धा र आस्थाको महापर्व छठ

वीरगंज ११ कात्तिक । लोकआस्था र प्रकृति पूजनको प्रतीक महान पर्व छठ मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ। चार दिनसम्म चलेको यो पर्व भक्तिभाव, कठोर निराहार व्रत र सांस्कृतिक उल्लासका साथ सम्पन्न भएकाे छ । अन्तिम दिन व्रतालुहरू बिहानै नदी, पोखरी तथा जलाशयमा पुगेर सूर्यदेव र छठी माताको आराधना गर्दै जलमा उभिएर

Read More
देश समाज हेडलाइन

आज छठ पर्वको मुख्य दिन : सूर्य देव र छठी मातालाई अर्घ्य अर्पण

वीरगंज १० कातिक । तराई–मधेसको सबैभन्दा ठूलो धार्मिक र सांस्कृतिक पर्व “छठ” आज भव्य रूपमा मनाइँदै छ। कात्तिक शुक्ल षष्ठीका दिन व्रतालुहरूले बिहानै स्नान गरेर शुद्ध वस्त्र धारण गरी छठ घाटतर्फ गएका छन्। आज बेलुकी उनीहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजा गर्ने छन्। वीरगंजका घडिअर्वा पोखरी, सिर्सिया घाट, राधेमाई, नगवा र मुर्ली

Read More