धनुषा २१ पुस ।
धनुषा जिल्लामा मस्जिदमा तोडफोड गरी पवित्र कुरान जलाइएको घटनाबाट सुरु भएको धार्मिक उन्माद फैलाउने प्रयासमा संलग्न व्यक्ति तथा सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेहरूलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधा उपमहानगरपालिका–६ मा रहेको मस्जिदमा तोडफोड गरी मस्जिदभित्र रहेका कागजात तथा पवित्र कुरान जलाइएको घटनाले जिल्लाको सामाजिक सद्भावमा खलल पुर्याउने अवस्था सिर्जना भएको थियो।
प्रहरीका अनुसार मस्जिदमा तोडफोड तथा धार्मिक सामग्री जलाउने कार्यमा संलग्न रहेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने वर्ष २५ का कपिल भन्ने रामप्रताप साह लाई पक्राउ गरिएको हो। उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १५५ अनुसार धर्म सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी धनुषा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। त्यसैगरि मस्जिद तोडफोड र कुरान जलाइएको घटनालाई लिएर टिकटकमा भिडियो बनाई धार्मिक समुदायबीच घृणा, उत्तेजना र उन्माद फैलाउने प्रयास गर्ने अर्का व्यक्ति पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने वर्ष १९ का युवकले टिकटकमा आपत्तिजनक भिडियो पोष्ट गरी सामाजिक सद्भाव बिगार्ने प्रयास गरेपछि तत्काल पक्राउ गरिएको हो।
उनले पोस्ट गरेको भिडियोले समुदायबीच तनाव सिर्जना गर्न सक्ने अवस्था देखिएपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यसमेत जारी रहेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले टिकटक, फेसबुक,ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा कसैको धार्मिक आस्थामाथि प्रहार गर्ने, अफवाह फैलाउने, उत्तेजक स्टाटस, अडियो वा भिडियो पोष्ट गर्ने, लाइक, सेयर वा कमेन्ट गर्ने कार्य कानुन विपरीत हुने स्पष्ट पारेको छ।
प्रहरीले यस्ता गतिविधिमा संलग्न जो कोहीलाई पनि प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।धनुषा जिल्लामा शान्ति, अमनचयन र सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, धार्मिक अगुवा, सञ्चारकर्मी तथा सर्वसाधारण नागरिकलाई संयमित रहन र अफवाह नफैलाउन जिल्ला प्रहरी कार्यालय धनुषाले अपिल गरेको छ।
देश
प्रदेश २
समाज
हेडलाइन
मस्जिदमा तोडफोड र कुरान जलाउने घटनाबाट सुरु भएको धार्मिक उन्मादः TikTok मार्फत सामाजिक सद्भाव बिगार्नेसमेत पक्राउ
- २१ पुष २०८२, सोमबार
- 382 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार