उदाउँदो सूर्यका साथ सम्पन्न भयो श्रद्धा र आस्थाको महापर्व छठ
वीरगंज ११ कात्तिक । लोकआस्था र प्रकृति पूजनको प्रतीक महान पर्व छठ मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ। चार दिनसम्म चलेको यो पर्व भक्तिभाव, कठोर निराहार व्रत र सांस्कृतिक उल्लासका साथ सम्पन्न भएकाे छ । अन्तिम दिन व्रतालुहरू बिहानै नदी, पोखरी तथा जलाशयमा पुगेर सूर्यदेव र छठी माताको आराधना गर्दै जलमा उभिएर