काठमाण्डाै २६ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको राजनीतिमा नयाँ पुस्ताको नेतृत्व आवश्यक भएको बताउँदै तीन प्रमुख दलका पुराना नेताहरूलाइ बिदा गर्नुपर्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा थापाले भने, “अब समय आएको छ तीन दलका तीन नेताहरूलाई बिदा गरेर नयाँ संवाद र सोचको सुरुवात गरौँ।”
थापाले कांग्रेसभित्र निरन्तर महाधिवेशनको माग गर्दै आएका छन् । उनले नेतृत्त्व परिवर्तन पार्टी सुदृढीकरणका लागि जरुरी रहेको उल्लेख गर्दै भने, “हामीले परिवर्तनको कुरा केवल भाषणमा होइन, अभ्यासमा पनि गर्नुपर्छ।” त्यस क्रममा उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूलाइ पनि आफ्ना शीर्ष नेताहरूलाई बिदा गर्न आग्रह गरेका छन् ।
“म एमाले र माओवादीका साथीहरूलाई पनि भन्छु— आफ्ना नेताहरूलाई स्पष्ट भन्नुस्, अब नो मोर,” थापाले भनेका छन् ।
थापाले नेतृत्व परिवर्तनले सबै समस्या समाधान हुने होइन भन्दै आफू पनि असफल भएमा पद छाड्न तयार रहेको प्रष्ट पारेका
छन् ।
उनको भनाइमा, “नेतृत्व बदल्नासाथ सबै कुरा बदलिन्छ भन्ने होइन, तर नयाँ सोच, नयाँ अभ्यास र नयाँ विश्वास बिना देश अघि बढ्दैन।”
देश
राजनिती
हेडलाइन
गगन थापाको आह्वान : “अब तीन दलका पुराना नेताहरूलाइ बिदा गरौँ”
- २६ आश्विन २०८२, आईतवार
- 360 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार