वीरगंज ११ कात्तिक ।
लोकआस्था र प्रकृति पूजनको प्रतीक महान पर्व छठ मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ। चार दिनसम्म चलेको यो पर्व भक्तिभाव, कठोर निराहार व्रत र सांस्कृतिक उल्लासका साथ सम्पन्न भएकाे छ ।
अन्तिम दिन व्रतालुहरू बिहानै नदी, पोखरी तथा जलाशयमा पुगेर सूर्यदेव र छठी माताको आराधना गर्दै जलमा उभिएर अर्घ्य अर्पण गरेका थिए। बाँसको सुपली, माटोको ढकनी, उखु, ठेकुवा, फलफूल र मूला जस्ता पूजा सामग्रीसहित हजारौँ श्रद्धालु घाटमा उपस्थित भएका थिए।
सूर्य उदाएपछि व्रतालुहरूले एक–अर्कालाई दीर्घायु, सुख र समृद्धिको शुभकामना दिंदै प्रसाद साटासाट गरे। वीरगंजका घडिअर्वा पोखरी, सरिसवा घाट, राधेमाई मन्दिर परिसर र मुर्ली पोखरी क्षेत्रमा विशेष चहलपहल देखिएको थियो।
छठको तयारी गोवर्धन पूजा सम्पन्न भएलगत्तै सुरु भएको थियो। व्रतालुहरूले घरमा विशेष चुल्हो बनाएर ठेकुवा, पुडिया, पुवा र अन्य प्रसाद तयार पारेका थिए। कार्तिक शुक्ल चतुर्थीमा ‘नहाय–खाय’ विधिबाट प्रारम्भ भएको व्रत पाँचौं दिनको खरनापछि मुख्य अर्घ्य दिने चरणमा पुगेको हो।
सोमबार बेलुकी अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिइएपछि मंगलबार बिहान पुनः उदाउँदो सूर्यको आराधना गरेर छठ पर्व समापन भएकाे छ । महिलाहरूले जलाशयमा प्रवेश गरेर हातमा दउरा लिएर सूर्यको पहिलो किरणसँगै अर्घ्य अर्पण गरेका थिए। त्यसपछि सिन्दूर लगाएर एक–अर्काको सुख, शान्ति र समृद्धिको कामना गरिएको थियो।
छठले नेपाली समाजमा धार्मिक आस्था मात्र होइन, पर्यावरण संरक्षण र सामुदायिक एकताको सन्देश पनि दिएको छ।
देश
समाज
हेडलाइन
उदाउँदो सूर्यका साथ सम्पन्न भयो श्रद्धा र आस्थाको महापर्व छठ
- १२ कार्तिक २०८२, मंगलवार
- 367 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार